Shikhar Insurance

सरकारले भन्योः अब एसपीपी अघि बढ्दैन

सिंहदरबार संवाददाता
२०७९ असार ३, शुक्रबार १३:४५
NIMB
Nabil Bank

काठमाडौं । सरकारले एसपीपी सम्झौता अघि नबढ्ने स्पष्ट पारेको छ । सरकारका तर्फबाट परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी कार्यक्रम अब अघि नबढ्ने स्पष्ट पारेका हुन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री खड्काले सन् २०१७ पछि विश्वमा नयाँ नयाँ गठबन्धन बनेको र नयाँ रणनीतिहरू आएको बताउँदै एसपीपी कार्यक्रम अघि बढ्न नसक्ने बताएका हुन् ।

‘२०१७ पछि विश्वमा नयाँ नयाँ गठबन्धन बनेको र नयाँ रणनीतिहरू आएका छन् । २०१५ मा एउटा छुट्टै अवधारणा रहेको र २०१९ मा अर्कै अवधारणा रहेको र २०१९ पछि एसपीपी ​ कार्यक्रम अघि बढेको छैन । यो कार्यक्रम अब अघि बढ्दैन ।’ मन्त्री खड्काले भने । उनले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको समेत स्पष्ट पारेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्