Shikhar Insurance

नेपाल बैंकले साढे १०% ब्याज दिने अढाई अर्बको ऋणपत्र बेच्दै, बिक्री प्रबन्धक बन्यो नबिल इन्भेष्टमेन्ट

सिंहदरबार संवाददाता
२०७९ असार ३, शुक्रबार १५:३८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकको ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ । बैंकले जारी गर्ने प्रतिकित्ता १ हजार रूपैयाँ अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड रूपैयाँको “१०.५०% नेपाल बैंक ऋणपत्र २०८४” जारी गर्न नबिल इन्भेष्टमेण्ट बिक्री प्रबन्धक बनेको हो ।

ऋणपत्रको अवधि ५ वर्ष रहेको छ भने खरिद गर्नेले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंगको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरिनेछ ।

काठमाण्डौें, धर्मपथ स्थित मुख्य कार्यालय रहेका नेपाल बैंकले देशका ७ वटै प्रदेशमा आफ्नो शाखाहरु विस्तार गरी उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्