Shikhar Insurance

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हेटौडा –११ स्थित कालिज गार्डेन इको रिसोर्टमा छुट

सिंहदरबार संवाददाता
२०७९ असार ३, शुक्रबार १५:२०
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले हेटौडा –११ स्थित कालिज गार्डेन इको रिसोर्टमा छुट पाउने भएका छन् । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकले कालिज गार्डेन इको रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिजा ईएमभि चिप बेस ट्राभल्स् कार्ड, ईकमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल्स् कार्ड, ईकमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक, महालक्ष्मी विकास बैंक हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्