Shikhar Insurance

विद्युत र पेट्रोल बचत गर्न बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार बन्द

सिंहदरबार संवाददाता
२०७९ असार ४, शनिबार १४:५२
NIMB
Nabil Bank

ढाका । बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री शेख हसिनाले बेलुका ८ बजेपछि सबै पसल तथा व्यवसायीक प्रतिष्ठानहरू बन्द गर्न आग्रह गरेकी हुन । यो नियम देशैभरी लागू गर्न पनि उनले अनुरोध गरेकी छिन्।

प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री कार्यालयका महानिर्देशक महमद अहसान किब्रीया सिद्धिकीले शुक्रबार सूचना जारी गर्दै ८ बजेसम्म मात्रै बजार खुला गर्न आग्रह गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

उर्जा तथा पेट्रोलियम पदार्थको खपत न्यूनिकरण गर्ने उद्देश्यले राती ८ बजेपछि पसल तथा बजार बन्द गर्न आग्रह गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विश्वव्यापी समस्याको रुपमा देखिएकाले पेट्रोलियम पदार्थको बचतका लागि विभिन्न देशमा विभिन्न उपायहरू अपनाउने गरिएको छ ।

पेट्रोलियम पदार्थको अभावका कारण मूल्य वृद्धि समेत हुने गरेकाले त्यसको नियन्त्रणका लागि पनि यसको प्रयोग कम गर्नु परेको हो ।

बेलुका चाँडै बजार बन्द गर्दा विद्युत तथा पेट्रोलियम पदार्थको खपत घट्ने र व्यापार घाटा पनि कम हुने अपेक्षा सरकारले गरेको छ ।रासस

 

GBIME

प्रतिक्रिया दिनुहोस्