Shikhar Insurance

दोश्रो बजारमा लगानीकर्ता धेरै भए, २ बर्ष होल्ड गर्न सक्ने गरि लगानी गर्नुस्ः डा. अधिकारी

सिंहदरबार संवाददाता
२०७९ असार ५, आईतवार ०८:०६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले दोस्रो बजारमा लगानीकर्ताहरुको संख्या धेरै भएपनि लगानीकर्ता साक्षरताको अवस्था भने कमजोर रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको कर्णाली प्रदेशस्तरिय पुँजी बजार साक्षरता कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका कार्यकारी निर्देशक डा. अधिकारीले पुँजी बजारको दिगो विकासका लागि लगानीकर्ताहरुमा साक्षरता बढाउनुपर्ने आवश्यकता पनि औल्याए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले देशव्यापी रुपमा पूँजीबजार सचेतना वृद्धिका लागि नेपाल धितोपत्र बोर्डले सम्वद्ध निकायहरुसंगको सहकार्यमा विभिन्न कार्यक्रमहर अघि बढाएको जानकारी पनि दिए ।  उनले लगानी गर्दा हतारमा नगरी कम्तिमा पनि दुई बर्षसम्म पर्खिर्नेे गरी लगानी गर्ने कम्पनीको अध्ययन गरेर मात्र लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्