Shikhar Insurance

असार मसान्त अगावै ग्यासमा दोहोरो मुल्य कायम गरिँदै

सिंहदरबार संवाददाता
२०७९ असार ६, सोमबार १७:३५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा दोहोरो मुल्य कायम गर्ने भएको छ । निगमले असार मसान्त अगावै व्यापारिक प्रयोजन र घरायसी प्रयोजनको लागि छुट्टा छुट्टै मुल्य कायम गर्ने भएको हो ।

निगमले ग्यासको दोहोरो मुल्य कायम गर्नका लागि अध्ययन समिति गठन गरेको छ । उक्त समितिले सञ्चालक समितिलाई अध्ययन प्रतिवेदन पछि दोहोरो मुल्य कायम गरिने निगमका कार्यकारी निर्देशक उमेश थानीले जानकारी दिए । उनका अनुसार निगमले सिलिण्डरको आकार, रंग, ग्यास गन्धको आधारमा व्यापारिक प्रयोजन र घरायसी प्रयोजन छुट्याएर मूल्य निर्धारण गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त अध्ययन समितिले असार मसान्त अगावै प्रतिवेदन बुझाउने सोही अनुसार नयाँ मूल्य कायम हुने थानीको भनाइ छ । ग्यासमा दोहोरो मूल्य निर्धारण गर्दा घरायसी प्रयोजनका ग्यास सस्तो पर्न सक्ने उनको अनुमान छ ।

अहिले निगमले घरायसी होस् या व्यापारिक प्रयोजनका लागि खाना पकाउने एलपी ग्यासको प्रतिसिलिण्डर १८ सय रुपैयाँ तोकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्