Shikhar Insurance

गुराँस लाइफले दियो ११ लाख भन्दा बढि रकमको मृत्यु दावी भुक्तानी

सिंहदरबार संवाददाता
२०७९ असार ७, मंगलवार १२:४०
NIMB
Nabil Bank

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले मृत्युको बीमा दाबी भुक्तानी दिएको छ ।

धादिङ जिल्लाको छत्रे देउराली वडा नं.–४ का स्व.दिवाकर अधिकारीको मृत्यु दावी वापतको रकम उनका इच्छाइएको व्यक्ति कुमार अधिकारी रकम प्रदान गरेको हो । कम्पनीको भक्तपुर शाखाका प्रमुख शोभा महतले मृत्यु दावी वापतको चेक कुमार अधिकारीलाई हस्तान्तरण गरेका हुन् । स्व.दिवाकर अधिकारीले चलाएको मोटरसाइकललाई टिप्परले ठक्कर दिदा सख्त घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो । स्व.अधिकारीले पाँच लाख को गुराँस सावधीक जीवन बीमा गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

स्व.अधिकारीका हकवाला दाई कुमार अधिकारी लाई कम्पनीले मृत्यु दावी वापत बीमाङ्क रकम,दुर्घटना रक्षावरण लाभ रकम र आर्जित बोनस गरि ११ लाख ६७ हजारको चेक हस्तान्तरण गरेको हो ।

शाखा प्रमुख शोभा महतले जीवन बीमा बचत मात्र नभई आर्थिक क्षती विरुद्धको सुरक्षा पनि भएकोले जीवन बीमा सबैका लागि अपरिहार्य रहेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्