Shikhar Insurance

आयल निगमका अध्यक्ष भन्छन्ः यत्रो मूल्य बढाउँदा पनि जनता चुप बसिदिनु’भो, धन्यवाद !

सिंहदरबार संवाददाता
२०७९ असार ६, सोमबार १९:५१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगमका अध्यक्षसमेत रहेका वाणिज्य तथा आपूर्ति सचिव गणेश पाण्डेले पेट्रोलियम पदार्थको मूल्य उच्च दरले बढाउँदा पनि सर्वसाधारण चुप बसेकामा ‘धन्यवाद’ भनेका छन् । नेपाल आयल निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोलको भाउ प्रतिलिटर २१ रुपैयाँ र डिजल तथा मट्टितेलको भाउ २७ रुपैयाँले बढाएको हो ।

तर, मूल्य वृद्धिको प्रतिकार धेरै नभएपछि अध्यक्ष पाण्डेले आभार प्रकट गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

“एक्कैचोटी यत्रो मुल्य बढाउँदा जनता त आत्तिन्छन् जस्तो लागेको थियो, उहाँहरुले यत्रो धैयर्ता देखाउनु भयो, शाहस देखाउनु भयो, आँट देखाउनुभयो । म आभार व्यक्त गर्छु,” सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले भने, “आम उपभोक्ता र व्यवसायीले सहज रुपमा लिनुभयो ।”

GBIME

प्रतिक्रिया दिनुहोस्