Shikhar Insurance

भोलिदेखि डोमेस्टिक फ्लाइटमा ‘चक्काजाम’, लाइसेन्स खारेज गर्ने प्राधिकरणको चेतावनी

सिंहदरबार संवाददाता
२०७९ असार ७, मंगलवार १९:३३
NIMB
Nabil Bank

काठमाडौं । नेपालका वायुसेवा प्रदायक कम्पनीहरुले असार ८ गते देखि सबै किसिमका उडानहरु बन्द गर्ने चेतावनी दिएका छन् ।

वायुसेवा सञ्चालक संघले पत्रकार सम्मेलन गरी विभिन्न प्रकारका पाँच बुँदे माग राख्दै बुधबारदेखि कुनै पनि उडान नहुने बताएको हो । सरकारले तत्कालै आजको भोलि नै पार्किङ तथा ल्यन्डिङमा नयाँ ब्यवस्था ल्याएको विरोध गर्दै उडान नगर्ने निष्कर्ष निकालेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सम्मेलनमा उनीहरुले नियमितमात्र नभई आपतकालीन उडान समेत नगर्ने जानाकारी दिएका छन् । सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले निजी वायुसेवा प्रदायकको बजार उपस्थित भएपनि पछिल्लो समय राज्य नै दमनकारी भएको आरोप लगाए । थापाले धेरै दिन सेवा बन्द गर्ने चाहाना नभए पनि समस्य समाधान नभए सम्म सेवा सुरु नगर्ने बताए । हालसम्म बिक्री भएका टिकटहरु पनि फिर्ता गर्ने जानकारी उनले दिए ।

नेपाल नागरिक उड्डयन प्रधिकरणले हेलिकप्टर तथा जहाज पार्किङ गर्ने ठाँउ अभाव भएको भन्दै हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको जहाज काठमाडौं बहिरै बस्नुपर्ने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ क्षमता भरिएको हुनाले बेसबाटै उड्नुपर्ने व्यवस्था गरेको थियो ।

हवाईजहाज सञ्चालक कम्पनीले असार १३ गते देखि तोकिएको समय अनुसार विमानस्थलमा जहाज पार्किङ गर्नुपर्नेछ । त्यसैगरी हेलिकप्टरले पनि आज (असार ७ गते) देखि तोकिएको समयमा काठमाडौं बहिरको विमानस्थलमा रात्रि यात्रु बिसान गरि पहिलो उडान त्यहि विमानस्थलबाट सुरु गर्नुपर्नेछ ।

अबदेखि अनिवार्य रुपमा १४ वटा हेलिकप्टरलाई नाइट स्टप पार्किङको लागि काठमाडौं बहिर जानुपर्ने भएको छ । यही निर्णय चित्त नबुझेको भन्दै पाँच बुँदे मागसहित उनीहरूको आन्दोलन अघि बढेको छ ।

यसैबीच संघका अध्यक्ष थापाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । प्राधिकरणले भने उडान बन्द गर्ने वायुसेवा कम्पनीको लाइसेन्स खारेज गर्नेसम्म चेतावनी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्