Shikhar Insurance

आन्दोलन र अनसनरत लगानीकर्तामाथि प्रहरीको धरपकड ! (भिडियो)

सिंहदरबार संवाददाता
२०७९ असार ७, मंगलवार २०:२१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डअगाडि आन्दोलनरत लगानीकर्तामाथि धरपकड गरेको छ । बोर्डको मुलगेट अगाडि अनसन बसेका तिलक कोइरालासमेत लगानीकर्तामाथि प्रहरीले बल प्रयोग गरेको हो ।

मंगलबार साँझ बोर्डमा आयोजित पत्रकार सम्मेलनपछि लगानीकर्ताले आन्दोलन चर्काएका थिए । उनीहरूले चर्को नाराबाजी पनि गर्दै बोर्ड कर्मचारीलाई घर फर्कन रोकेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रहरीले लगानीकर्तालाई गेटबाट जबरजस्ती हटाएको थियो ।

बोर्ड अध्यक्ष हमालले ३ महिनापछि माग पुरा गर्छु भनेपछि लगानीकर्ता रूष्ट बनेका हुन् । उनले आफू र अर्थ मन्त्रालय लगानीकर्ताको मागप्रति सकारात्मक रहेको भनेपनि ३ महिना समय मागेका थिए ।

रूष्ट आन्दोलनकारीले बोर्ड अध्यक्ष हमाल विरूद्ध पनि नाराबाजी गरेका थिए भने तिलक कोइरालाको जीवन रक्षाको माग गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्