Shikhar Insurance

कृषिमा ब्राजिलको प्रविधि नेपाल भित्र्याउन सघाउँछुः राजदुत

सिंहदरबार संवाददाता
२०७९ असार ८, बुधबार १३:३८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोगबीच छलफल भएको छ । कृषि, ब्राजिलले इन्धनको रुपमा प्रयोग गर्दै आएको इथानल प्रविधि, ब्राजिलमा निर्यात हुने नेपाली वस्तु, छात्रवृत्ति, एवं पर्यटन क्षेत्रका विषयमा परिसंघ र राजदूतबीच छलफल भयो ।

राजदूत हार्टोगलाई परिसंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष विष्णुकुमार अग्रवालले कृषि, सेवा, उत्पादनमुलक उद्योगको प्रबद्र्धनसहित समग्र देशको आर्थिक संबृद्धिका लागि काम गर्दै आएको बताए । परिसंघले स्वदेशी उत्पादन बढाउन जोड दिदै आएको र कृषि क्षेत्रमा ब्राजिलले प्रयोग गरिरहेको प्रविधि नेपालमा भित्र्याउन सहयोग गर्न राजदूतलाई आग्रह गरे । त्यसका लागि परिसंघ र राजदूतावासले सहकार्य गर्दै अगाडि बढ्ने सहमती समेत भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

राजदूत हार्टोगले लामो समयदेखि ब्राजिलको व्यापार नीतिमा काम गर्दै आएको अनुभवका आधारमा व्यापारमार्फत विश्व बजारमा स्थापित हुन सकिने बताए । ब्राजिल कफी, चिनी, भटमास, सोयाविन तेल उत्पादनमा विश्वको अग्रणी मुलुक हो । प्रविधिको प्रयोगका कारण कृषि क्षेत्रमा ब्राजिलले गरेको प्रगती, र त्यस्तो प्रविधि नेपालमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो । राजदूत हार्टोगले नेपालले निर्यातमा जोड दिदै प्रविधिको प्रयोग बढाउनुपर्ने बताए ।

“ब्राजिल कृषि विज्ञानमा निकै अगाडि रहेछ । हाम्रो ज्ञान, र प्रविधि नेपालको कृषि क्षेत्रको विकास लागि हामी प्राविधिक सहकार्य गर्न तयार छौं”, उनले भने । उनले ब्राजिलले विकाससिल मुलुकका लागि दिदै आएको छात्रबृत्तिबाट नेपालले पनि लाभ लिन सक्ने बताए । छलफलमा नेपालबाट निर्यात हुने हस्तकला सामाग्रीको प्रबद्र्धन, दुई देशबीच पर्यटन प्रबद्र्धनमा पनि सहकार्य गर्ने लगायतका विषयमा छलफल भयो । यसका लागि नेपाली निजी क्षेत्र र ब्राजिलको निजी क्षेत्रसँग समन्वय गराउन समेत आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्