Shikhar Insurance

सेबोन र लगानीकर्ताबीच कुरा मिल्यो, कार्यान्वयन समिति बनाएर अनसन तोडिने

सिंहदरबार संवाददाता
२०७९ असार ८, बुधबार १५:५४
NIMB
Nabil Bank

काठमाडौं । आन्दोलनमा रहेका लगानीकर्ता र नेपाल धितोपत्रबीच कुरा मिलेको छ । बोर्ड लगानीकर्ताको माग सम्बोधन गर्न तयार भएपछि लगानीकर्ता आन्दोलन र आमरण अनसन बसेका तिलक कोइरालाको अनसन टुंगिने भएको हो ।

“सेबोन र आन्दोलनमा रहेका लगानीकर्ताबीच वार्ता टोली गठनको सैद्धान्तिक सहमति भएको छ,” एक लगानीकर्ताले सिंहदरबारसँग भने, “सो समितिलाई वार्ता टोली नभएर माग कार्यान्वयन समिति भनिनेछ । सम्भवतः केही समयमै अनसन तोडिने छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

“जीवन भन्दा ठूलो सम्पती होइन, हामीले तिलक जी को जिवनको मूल्य लगानिकर्ताको सम्पती भन्दा माथि राखेर अनशन तोड्ने निर्णय गरेका हौं,” कोइरालालाई समर्थन गर्ने १० मध्ये १ संघका अध्यक्षले भने, “५२ लाख लगानीकर्तामध्ये केही लगानीकर्ता आन्दोलनलाई साथ दिन आउनु पनि भयो । तर, मान्छेको ज्यानभन्दा ठूलो सम्पत्ति हुँदै होइन ।”

उनले लगानिकर्ताको सम्पत्ति संरक्षणको लागि तिलक कोइरालाको जीवन दाउमा राख्न मानवताले नदिएको पनि बताए ।

लगानीकर्ताले केहीबेरमा बोर्ड अध्यक्ष रमेश हमाललाई ज्ञानपत्र बुझाउने छन् । हमाल अनसन स्थलमै आएर लगानीकर्ता कुरा सुन्नेछन् ।

लगानीकर्ताहरू २ साताभन्दा बढी समयदेखि १९ बुँदे माग राखेर आन्दोलन गरिरहेका छन् भने आन्लोलनरत लगानीकर्ता मध्ये १ तिलक कोइराला असार १ गतेदेखि बोर्डको मुलगेट अगाडि आमरण अनसन बसिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्