Shikhar Insurance

सुनको मूल्य २ सयले बढ्दा चाँदीको मूल्य भने घट्यो

सिंहदरबार संवाददाता
२०७९ असार ९, बिहीबार ११:२३
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज छापावल सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँ कायम भएको हो । अघिल्लो दिन तेजावी सुन ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढ्दा चाँदीका मूल्य भने घटेको छ । बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा नेपालमा महासंघले सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्