Shikhar Insurance

अझै सस्तियो नेपाली मुद्रा, १ डलर किन्न करिब १२६ रुपैयाँ तिर्नुपर्ने

सिंहदरबार संवाददाता
२०७९ असार ९, बिहीबार १३:१२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको एक्स्चेन्ज रेट अनुसार अमेरिकी डलरको भाउ अझै बढेको हो ।

बिहीबारको विनिमयदर अनुसार राष्ट्र बैंकबाट सर्वसाधारणले अमेरिकी डलर खरिद गर्दा १२५ रुपैयाँ ७२ पैसा तिर्नुपर्नेछ जुन हालसम्मकै सबैभन्दा बढी हो । यस्तै राष्ट्र बैंकले सर्वसाधारणबाट १ अमेरिकी डलर १२५ रुपैयाँ १२ पैसामा खरिद गर्ने जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो विनिमयदर वाणिज्य बैंक तथा मुद्रा सटही गर्ने अनुमति पाएका कम्पनीहरुभन्दा फर हुनसक्छ । उनीहरुले आफ्नै विनिमयदर तोकेका हुन्छन् ।

केन्द्रीय बैंकका अनुसार युरोको खरिददर १३१ रुपैयाँ ६३ पैसा तथा विक्रिदर १३२ रुपैयाँ २६ पैसा छ । यस्तै पाउन्ड स्टर्लिङको बिक्रिदर १५४ रुपैयाँ १ पैसा, स्वीस फ्र्यांकको १३० रुपैयाँ २८ पैसा, अस्ट्रेलियन डलरको ८६ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलरको ९६ रुपैयाँ ८५ पैसा, सिंगापुर डलरको ९० रुपैयाँ ४९ पैसा तोकिएको छ । बिहीबार दर अनुसार १० जापानी येन बराबर ९ रुपैयाँ २४ पैसा छ ।

यस्तो छ आजको विनियम दरः

GBIME

प्रतिक्रिया दिनुहोस्