Shikhar Insurance

दिशा–पिसाब लागे कामना सेवा विकास बैंक छिर्नुस्, सित्तैमा शौचालय प्रयोग गर्नुस्

सिंहदरबार संवाददाता
२०७९ असार ९, बिहीबार १५:४७
NIMB
Nabil Bank

काठमाडौं । कामना सेवा विकास बैंकको शौचालय प्रयोग गर्दा पैसा तिर्न नपर्ने भएको छ । बैंकले काठमाडौँ महानगरपालिका भित्र रहेका ८ वटा शाखा कार्यालयहरुका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने भएको हो ।

बैंकले कार्यालयहरुका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिन काठमाडौँ महानगरपालिकासँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरुप बैंकले आफ्नो एक्यबद्धता जनाएको हो ।

बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंले गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बसनेतले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने नितीअनुरुप बैंकले पनि एक्यबद्धता जनाएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्