Shikhar Insurance

नेप्से परिसूचक ६ वर्ष अगाडिको शीर्ष बिन्दुभन्दा मुनि

सिंहदरबार संवाददाता
२०७९ असार ९, बिहीबार १५:२८
NIMB
Nabil Bank

काठमाडौं । धितोपत्र बजारमा नेप्से परिसुचक घट्ने क्रमले तिरन्तरता पाएको छ । आज नेप्से घटेर २०७३ साउन १२ गतेको बुलको शीर्ष विन्दु १८८१ भन्दा करिब ३४ अंक तल झरेको हो ।

बिहीबार नेप्से परिसुचक ४५.२५ अंकले घटेर १८४४८.२८ को विन्दुमा बन्द भएको छ । त्यस्तै ठूला कम्पनीको सेयर मापक सेन्सिटिभ इन्डेक्स ७.०६ अंकले घटेर ३६२.०९ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

दिनभरीमा २३७ स्क्रिप्टका ५० लाख ८ हजार ७ सय ७१ कित्ता सेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँमा खरिदबिक्रि भए ।

नेप्से ४५ अंकले घट्दा आँधीखोला लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ ।

यस्तै शिवश्री हाइड्रो र लिबर्टी इनर्जीको सेयर मूल्य करिब १० प्रतिशतले घटेका छन् ।

बजारमा कारोबारमा आएका उल्लेखित २ सहित १७८ कम्पनीको सेयर मूल्य घटेका छन् भने १५ कम्पनीको वृद्धि भएको छ ।

नेप्से २ प्रतिशतले घटेको दिन सबै समूहगत उपसूचक राताम्ये भए । हाइड्रोपावर समूह सर्वाधिक ४.११ प्रतिशतले ओरालो लागेको छ ।

बजार घटेको दिन बजार पुँजीकरण २६ खर्ब ३५ अर्ब १७ करोड कायम भएको छ ।

सबैभन्दा बढी कुमारी बैंकको सेयर किनबेच भएको छ । सबैभन्दा बढी कारोबार भएको कम्पनीको सूचीमा ५ बैंक अटाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्