Shikhar Insurance

सुनचाँदी र धातुका असर्फीको मूल्य बढ्यो, संस्थागत खरिदकर्तालाई दोब्बर

सिंहदरबार संवाददाता
२०७९ असार ९, बिहीबार १६:०९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी तथा अन्य धातुका सिक्का (असर्फी)को मूल्य बढाएको छ । केन्द्रीय बैंकले सुनचाँदी र धातुबाट निर्मित टकमरी खरिदमा प्रिमियम १ सय रुपैयाँले बढाएको हो ।

यसअघिसम्म सुनचाँदी र धातुका असर्फी खरिद गरी टकमरी गर्दा जर्ती लगायतको लागत वापत प्रतिग्राम २ सय रुपैयाँ थप गरी असफीको मूल्य निर्धारण गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । जस १ सय रुपैयाँ थप गरी प्रतिग्राम ३ सय रुपैयाँ थप गरी दैनिक मूल्य निर्धारण गर्न पाउने व्यवस्था गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

केन्द्रीक बैंक मुद्रा व्यवस्थापन विभागले एक परिपत्र जारी गर्दै सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि, २०७५ मा संशोधन गर्दै सो व्यवस्था गरेको हो । नयाँ व्यवस्थाले यसअघिसम्म व्यक्तिगत बाहेक संस्थागत रुपमा न्यूनतम २० थानभन्दा बढी असर्फी खरिद गर्दा प्रतिग्राम ३ सय रुपैयाँ लागतलाई ५ सय रुपैयाँ कायम गरेको छ ।

केन्द्रीय बैंकले पहिलो पटक सुनचाँदी तथा अन्य धातुका असर्फीको टकमरीको जर्ती लागत २०५८ सालमा निर्धारण गरेको हो । त्यसयता २०७५ सातमा ‘सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धि कार्यविधि जारी गरी व्यक्तिगतलाई २ सय र संस्थागतलाई ३ सय रुपैयाँ जर्ती लागत हालसम्म कायम गरेको छ । तर, सुनचाँदीको मूल्य वृद्धि र ढुवानी लगात बढेको हुँदा टकमरीको जर्ती लागत पनि बढाइएको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंक टक्सार विभागले सुनचाँदी लगायत अन्य प्रकारका धातुको असर्फीको टकमरी निर्माण गरी बिक्री गर्छ । यस्तो असर्फीमा राष्ट्र बैंकको छाप हुन्छ । हिन्दु धर्मालम्बीहरुले यस्तो असर्फी पुजा र मठमन्दिरमा चडाउने, घरनिर्माण गर्दा जगमा राख्ने, तिहारको धनतेरेसमा खरिद गर्ने, गहना बनाएर लगाउने, विवाह वर्तबन्धमा उपहार दिने गर्दछन् । साथै, विभिन्न खेलहरुमा विजेतालाई मेडलमा मडालियन बनाएर वा स्मारिका सिक्का बनाएर तक्मा वा पदकको रुपमा दिइने प्रचलन छ ।

सुनचाँदी वा अन्य धातुलाई गलाएर आवश्यकता अनुसारको शब्द र डिजाइन कोरोर विभिन्न डिजाइन र परिमाणका सिक्काको रुप दिइन्छ । यसलाई आम भाषामा असर्फी भन्ने गरिएको छ ।

राष्ट्र बैंकले हाल साढे २, ५ र १० ग्रामका असर्फी र मेडालिन र स्मारिका बनाउँदै आएको छ । तर, बाहिरका सुनपसलहरुले पनि यस्ता असर्फी अडर अनुसार विभिन्न डिजाइन र परिमाणमा बनाउन थालेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्