Shikhar Insurance

एमडीआरटी मिटिङ्गका लागि रिलायन्स लाइफका २ जना अभिकर्ता अमेरिका उडे

सिंहदरबार संवाददाता
२०७९ असार १२, आईतवार १५:५५
NIMB
Nabil Bank

काठमाडौं । मिलिनियम डलर राउण्ड टेवल २०२२ को बार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स अमेरिका गएका छन् । कम्पनीले नमीता न्यौपाने र कमल दाहाललाई अमेरिकाको बोस्टनमा हुने एमडीआरटी कार्यक्रममा भाग लिन पठाएको हो । एमडीआरटीमा नेपालबाट सहाभगी हुने ३ जना अभिकर्तामध्ये २ जना रिलायन्सका तर्फबाट छानिएका हुन् ।

बीमा क्षेत्रमा लागेको केही बर्षमै एक पछि अर्को सफलता प्राप्त गर्दै गइरहेका अभिकर्ता लिडरद्धयलाई रिलायन्स लाइफ इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा एक कार्यक्रम आयोजना गरी एमडीआरटीमा जाने दुबै अभिकर्तालाई शुभकामना दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले समग्र देश एवं उत्कृष्ट बिमा क्षेत्रको प्रतिनिधित्व गर्दै संसारभरिका उत्कृष्ट बिमा मध्यस्थकर्ताहरुको माझ उपस्थिति जनाउन आफ्ना अभिकर्ताहरुका लागि गर्वको विषय भएको बताए ।

उनले कार्यक्रम तथा भ्रमण क्रममा सिकेका कुरालाई देशमा कार्यरत अन्य बिमा माझ प्रस्तुत गरेर बिमाक्षेत्रको बिकासमा योगदान पुर्याउने अपेक्षा पनि व्यक्त गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्