Shikhar Insurance

बीमा समितिमा पनि ६० वर्षे नीति लागु हुँदै, पुराना कर्मचारीको जागिरे अवधी बढ्ने

कार्यकारीको ७ वर्षे कार्यकाल
सिंहदरबार संवाददाता
२०७९ असार १२, आईतवार १९:१८
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले कर्मचारीहरुको सेवा र शर्तमा संसोधन गर्न लागेको छ । समितिले हालको व्यवस्था खारेज गरी कर्मचारीलाई सेवा अवधि ६० वर्षे बनाउन लागेको हो ।

अहिले निजामति कर्मचारी तथा वित्तीय क्षेत्रका नियामक निकायहरु नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा समितिमा ३०/५८ वर्षे नीति लागू छ । अर्थात् जागिरको ३० वर्ष वा उमेर हदमा ५८ वर्ष जुन अगाडि आउँछ त्यही अनसार अवकाश लिनु पर्ने व्यवस्था हो । साथै, विशिष्ठ श्रेणीका कार्यकारी निर्देशकले ५ वर्षे कार्यकारी समाप्त भएपछि स्वतः अवकाश पाउँछ ।

Citizen Life
Kumar Bank
Nepal Life

बीमा समितिले भने कार्यकारीको ५ वर्षेलाई २ वर्ष थप र ३०/५८ लाई एकद्वार नीतिमा ६० वर्षे उमेर हद कायम गर्न लागेको हो । जसका लागि समितिले गत जेठ मै प्रक्रिया शुरु गरी अर्थ मन्त्रालयमा समेत प्रस्ताव पेश गरिसकेको छ ।

समितिको पदपुर्ति विभागले उक्त प्रस्ताव बोर्डमा पठाएको हो । जसमा समिति बोर्ड सञ्चालक समितिले समेत पास गरी मन्त्रालय पठाएको बीमा समितिका एक सञ्चालकले सिंहदबारलाई जानकारी दिए ।

समितिले पेश गरेको प्रस्तावमा मन्त्रालयले अध्ययन गरिरहेको अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्था समन्वय महाशाखाका सहसचिव रमेश केशीले बताए ।

‘संगठनात्मक सर्वे प्रतिवेदन (ओएनएम) पेश गर्दा उक्त प्रस्ताव पनि आएको छ,’ सहसचिव केशीले सिंहदबारसँग भने, ‘मन्त्रालयमा आएको एक साता अलि बढी भयो, भर्खर अध्ययन शुरु भएको छ, अध्ययनले जे देखाउँछ त्यही अनुसार स्वीकृति मन्त्रालयले नै दिन मिल्छ ।’

कर्मचारीको सेवा शर्त परिवर्तनको लागि मन्त्रिपरिषदको बैठकले नै पाश गर्नु नपर्ने हुँदा महाशाखाबाटै सिफारिस भएपछि अर्थमन्त्रीले स्वीकृत गर्ने उनले जानकारी दिए ।

समितिमा हाल अध्यक्ष सहित ८९ जना कर्मचारीहरु कार्यरत छन् । जसमध्ये १ जना कार्यकारी निर्देशक, ४ जना निर्देशक, १४ जना उप निर्देशकहरु छन् । यसबाहेक ५ जना चार्टर्ड एकाउन्टेन्ट, ३३ जना साहायक निर्देशक लगायतका अन्य पदका कर्मचारीहरु कार्यरत छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्