आदर्श लघुवित्तको आईपीओ ६ हजार २ सय ६१ जनाले पाए, तपाईलाई पर्यो ?

सिंहदरबार संवाददाता
२०७९ असार १३, सोमबार ११:००

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटले आईपीओ बाँडफाँट गरेको हो ।

आईपीओमा १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको थियो । कुल स्वीकृत आवेदनमध्ये ६ हजार २६१ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । तिमध्ये पनि ५ जना भाग्यमानी लगानीकर्ताहरुले थप एक कित्ता गरि कुल ११ कित्ता सेयर पाएका छन् ।

कम्पनीले लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। त्यसमध्ये ०.५ प्रतिशतले हुने १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुने ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको थियो । बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको थियो ।

हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ।

 

 

प्रतिक्रिया दिनुहोस्