नेपाल बैंकबाट १० महिनामै बारिहिए अध्यक्ष अर्याल, सरकारले दियो स्वीकृति

सिंहदरबार संवाददाता
२०७९ असार १३, सोमबार १७:५९

काठमाडौं । नेपाल बैंकका अध्यक्ष सुमनराज अर्यालको राजिनामा स्वीकृत भएको छ । बैंकको अध्यक्षको कार्यभार सम्हालेको १० महिना पुग्न नपाउँदै अर्यालले राजिनामा दिएका हुन् ।

उनले गत भदौ १० गते नेपाल बैंकको अध्यक्षको कार्यभार सम्हालेका थिए । महालेखा नियन्त्रक कार्यालयको महालेखा नियन्त्रक समेत रहेका अर्यालले बासुदेव अधिकारीले राजिनामा दिएपछि अध्यक्षको कार्यभार सम्हालेका थिए ।

 

अर्यालले दिएको राजिनामा अर्थमन्त्रालयले असार १२ गते स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्