Shikhar Insurance

बजेटले सिमित घरानालाई मात्रै लाभ दियो, निजी क्षेत्रले आलोचना गर्नुपर्छः ओली

सिंहदरबार संवाददाता
२०७९ असार १४, मंगलवार ०७:५९
NIMB
Nabil Bank

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले समग्र उद्योग र व्यवसायलाई नभई सीमित घरानालाई लाभ हुने गरी बजेट ल्याएको आरोप लगाएका छन् । उनले सिमित व्यवसायी पोस्ने बजेटको आलोचना गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ लगायतका संस्थालाई आग्रह पनि गरे ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठक सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले उद्योग र वाणिज्य क्षेत्रमा सरकारका गलत कदमको आलोचना गर्नुपर्ने बताएका हुन् । उनले आर्थिक क्षेत्रका लागि नीति बनाउँदा सो विभागले निजी क्षेत्रलाई अगाडि बढ्न प्रोत्साहन गर्ने नीतिसँगै सरकारी स्वामित्वमा रहेका उद्योग, कलकारखाना र आपूर्तिसँग सम्बन्धित संस्थाहरूको संरक्षण हुने गरी राम्रो गृहकार्य गरी आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा सल्लाह सुझाव दिनुपर्ने निर्देशन दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

विभागका प्रमुख मोति दुगडको अध्यक्षतामा भएको बैठकलाई सो पार्टीका महासचिव शङ्कर पोखरेलले पनि सम्बोधन गरेका थिए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्