Shikhar Insurance

अपर हेवाखोलाको १५ करोडको आईपीओ असार २४ देखि

सिंहदरबार संवाददाता
२०७९ असार १४, मंगलवार ०८:१५
NIMB
Nabil Bank

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको १५ करोड मूल्य बराबरको आईपीओ असार २४ गतेदेखि आउने भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित १५ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कुल निष्काशनको २ प्रतिशतले हुने ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुने ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी १३ लाख ९५ हजार कित्ताका लागि भने आम सर्वसाधारणले आवेदन दिन पाउँछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

आईपीओको निष्काशन छिटोमा असार २८ गते बन्द हुनेछ । आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६० मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिसकिएको छ । कावेली कोरिडोर प्रसारण लाइनअन्तर्गत फिदिमको थापाटारमा रहेको सबस्टेसनको उद्घाटनपश्चात् यस आयोजनाबाट ४.३० मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको थियो । यो आयोजनाबाट अब जम्मा १४.९० मेगावाट विद्युत् उत्पादन हुन थालेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्