Shikhar Insurance

दैलेखको पेट्रोलियम खन्न चिनियाँ टोली नेपालमा, ५० टनका मेसिन आउँदै

सिंहदरबार संवाददाता
२०७९ असार १४, मंगलवार १०:४८
NIMB
Nabil Bank

काठमाडौं । दैलेखमा रहेको पेट्रोलियम खानी खन्नका लागि चिनियाँ प्राबिधिक टोली नेपाल आईपुगेको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सुधिर रजौरेका अनुसार चिनका अवकास प्राप्त प्राध्यापक टान फुयनको नेतृत्वमा सात सदस्यिय चिनियाँ प्राबिधिक टोली नेपाल आईपुगेको हो ।

चिनियाँ जिओलोजिकल सर्भेको सो टोलीले करिब एक महिना नेपालमा बसेर दैलेखस्थित पेट्रोलियम खानीको थप अध्ययन गर्नेछ ।
नेपाली प्राबिधिकहरुको टोलीसहित उक्त चिनियाँ विज्ञ समुहले पेट्रोलियम पदार्थको उत्खननका लागि कहाँ कहाँ ड्रिल गर्ने भन्ने एकिन गर्नेछ ।

‘चार ठाउँमा चार किलोमिटर गहिराईसम्म ड्रिल गर्ने तयारी छ, चिनियाँ प्राबिधिक सम्मिलित समुहले त्यस्तो ड्रिल गर्ने स्थानको पहिचान गर्नेछ’, महानिर्देशक डा. रजौरेले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

ड्रिल गर्नका लागि ५० टन भन्दा ठूला मेसिन ल्याईँदैछ । बर्षा अवधीमा तयारी सक्ने र त्यस लगत्तै ड्रिल आरम्भ गर्ने पनि उनले जानकारी दिए । करिब पाँच महिनामा ड्रिलको काम सम्पन्न भएर के कति ? इन्धन छ ? भन्ने तथ्य पत्ता लाग्ने पनि उनले बताए ।

कोरोनाका कारण दैलेखको इन्धन भण्डारको अन्वेषण कार्य बिगत २ वर्षदेखि रोकिएको थियो ।

» अप्रिल १ मा दैलेखको पेट्रोलियम खानी खन्न आउँदैछ चिनियाँ टोली (singhadarbar.com)

» दैलेखका ४ स्थानमा ग्यास र पेट्रोलको खानी भएको ‘प्रमाणित’, तेल बेचेर धनी देश बन्न सकिएला ? (singhadarbar.com)

GBIME

प्रतिक्रिया दिनुहोस्