Shikhar Insurance

पैसा ठीक्क पारेर राख्नुस्, आउँदैछ साढे ५ अर्ब रूपैयाँ बराबरको आईपीओ ! (विस्तृतमा)

मिरा श्रेष्ठ
२०७९ असार १४, मंगलवार १६:२१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बार्ड (सेबोन)मा आईपीओ निष्काशन गर्नका लागि प्रक्रियामा जाने कम्पनीहरुको लाइन लागेको छ । आजको मितिमा कुल २४ कम्पनीहरु आईपीओ निष्काशनको अनुमति पाउन ठीक्क परेर बसेका हुन् ।

ती कम्पनीहरुले साधारणसभाबाट पारित गरी आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेर बोर्डमा आवेदन दिएका छन् । पाइपलाइनमा रहेका २४ मध्ये ८ कम्पनीको आवेदन प्रारम्भिक रिभ्युको चरणमै छन् भने १२ वटाको आवेदन बोर्डले रिभ्यु गरेर कमेन्ट पठाएको जानकारी दिएको छ । यस्तै, ४ वटा कम्पनीले बोर्डले दिएको प्रतिक्रियामाथिको जवाफ पठाइसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

पाइपलाइनमा रहेको २४ कम्पनी मध्ये सबैभन्दा धेरै हाइड्रोपावर कम्पनी छन् । १२ वटा हाइड्रो आईपीओ निष्काशन अनुमतिको पर्खाइमा रहँदा ५ वटा माइक्रोफाइनान्स (लघुवित्त), २ वटा इन्स्योरेन्स (बीमा) कम्पनी पनि बोर्डको अनुमति पर्खिरहेका छन् । सेबोनका अनुसार होटल एण्ड टुरीजम र अन्यतर्फका २–२ कम्पनी तथा एउटा इन्भेस्टमेन्ट कम्पनी पनि पाइपलाइनमै छ ।

बोर्डबाट आईपीओ निष्काशन अनुमति प्राप्तिको पर्खाइमा रहेको २४ कम्पनीले कुल ५ अर्ब ४३ करोड १५ लाख ७० हजार ४ सय रुपैयाँ बराबरको जम्मा ४ करोड ९० लाख ५८ हजार २ सय ४ कित्ता साधारण सेयर निष्काशन गर्नेछन् ।

१२ हाइड्रोपावर कम्पनीको २ अर्ब ६४ करोड ३८ लाख बराबरको आईपीओ पाइपलाइनमा
नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमती पर्खेर बसेका कम्पनीहरुमध्ये आधा हाइड्रोपावर कम्पनी हुन् ।

तीमध्ये पिपुल्स हाईड्रोपावर कम्पनीले सर्वाधिक ८० लाख कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीले ८० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँको दरले निष्काशन गर्दैछ । कम्पनीले सेयर निष्काशनका लागि २०७८ साल चैत्र २२ गते आवेदन दिएको थियो । बोर्डले कम्पनीबाट २०७९ वैशाख २२ गते थप कागजात प्राप्त गरिसकेको छ जसको आधारमा असार १० गते प्रतिक्रिया पठाइएको छ ।

धितोपत्र बोर्डले स्वीकृति दिएपछि पिपुल्स हाइड्रोपावरको आईपीओ स्थानीय अर्थात् आयोजना प्रभावित क्षेत्रका बासिन्दा र अन्य सर्वसाधारणले आवेदन दिन पाउनेछन् । पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल हो ।

बाराही बाईड्रोपावर कम्पनीले पनि ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता सेयर निष्काशनको माग गर्दै आवेदन दिएको छ । कम्पनीले अंकित मूल्य प्रतिकित्ता रु १०० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने जनाएको छ ।

कम्पनीले गत वर्षको चैत्र १७ गते आवेदन बोर्डमा दिएको थियो । बोर्डले सेयर निष्काशन अनुमति दिएपछि कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि सेयर बिक्री खुल्ला गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल हो ।

यसैगरी कुथेली बुखरी स्मल हाईड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणका लागि सेयर निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले २ लाख ४३ हजार ७ सय ३५ कित्ता सेयर निष्काशनका लागि आवेदन दिएको हो । अनुमति पाएपछि कम्पनीको अंकित मूल्य प्रतिकिता १०० रुपैयाँको दरले २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको सेयर बिक्री खुल्ला हुनेछ ।

कम्पनीले गत वर्ष साउन ३२ गते बोर्डमा आवेदन दिएको थियो भने बोर्डले माघ २ गते थप कागजपत्र पेश गर्ने निर्देशन दिएको थियो । बोर्डले अनुमति दिएपछि सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आईपीओ जारी गर्नेछ ।

एशियन हाइड्रोपावर कम्पनीले गतवर्ष पुस ११ गते सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको थियो । कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता सेयर निष्काशनको अनुमति मागेको हो ।

कम्पनीले अंकित मूल्य प्रतिकित्ता रु १०० का दरले आयोजना प्रभावित अर्थात् स्थानीय र सर्वसाधारणका लागि सेयर निष्काशन गर्नेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

माया खोला हाईड्रोपावर कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशनको माग गरेको छ । कम्पनीले धितोपत्र बोर्डमा यही वैशाख २८ गते आवेदन दिएको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणका लागि ३४ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ करोड रुपैयाँ बराबरको सेयर निष्काशनका लागि अनुमति मागेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल हो ।

पाइपलाइनमा रहेका हाइड्रोपावर कम्पनीको सूचीमा भुगोल ईनर्जी डेभलपमेन्ट कम्पनी पनि छ । कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १ सय ६० कित्ता सेयर निष्काशनका लागि अवेदन दिएको हो । कम्पनीले गत वर्षको चैत्र २ गते बोर्डमा आवेदन दिएको थियो ।

धितोपत्र बोर्डले थप कागजात पेश गर्नका लागि निर्देशन दिएकामा कम्पनीले यही जेठ ४ गते थप कागजात पेश पनि गरिसकेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

मकर जीतुमाया सुरी हाईड्रोपावर कम्पनीले सेयर निष्काशनका लागि २०७९ साल वैशाख ८ गते आवेदन दिएको थियो । कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता सेयर निष्काशनका लागि आवेदन दिएको हो । कम्पनीको सेयरको अंकित मूल्य रु १०० रुपैयाँ रहनेछ ।

कम्पनीले स्थानीयवासी र सर्वसाधारणका लागि सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

मोलुङ हाइड्रोपावर कम्पनीले गत वर्षको साउन १ गते नै धितोपत्र बोर्डमा सेयर निष्काशनको माग गर्दे आवेदन दिएको थियो । कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता सेयर निष्काशनका लागि अनुमति मागेको हो ।

बोर्डले कम्पनीलाई गत वैशाख २२ गते फाइनान्सियल अपडेट पठाउन भनेकामा सो प्राप्त गरेर जेठ २७ गते प्रतिक्रिया पनि पठाइसकेको छ । बोर्डले कम्पनीलाई सेयर निष्काशनको अनुमति दिएपछि कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणमा सेयर बिक्री खुल्ला गर्नेछ ।

कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले सेयर निष्काशन गर्ने भएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ ।

थ्री स्टार हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि सेयर निष्काशनको माग गर्दे धितोपत्र बोर्डमा पुगेको छ । कम्पनीले गत वर्ष साउन १७ गते बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता सेयर निष्काशन गर्ने भन्दै आवेदन दिएको हो । बोर्डले थप कागजपत्र पेश गर्न भनेकामा कम्पनीले वैशाख ४ गते नै अपडेट गरिएको प्रोस्पेक्टस समेत पठाइसकेको छ ।

बोर्डको अनुमति पाएपछि कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० को दरले बिक्री खुल्ला गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।

इस्टर्न हाइड्रोपावर कम्पनीले १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता सेयर निष्काशनका लागि आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि सेयर बिक्री खुल्ला गर्न लागेको हो ।

कम्पनीले गत वर्ष पुस २४ गते बोर्डमा आवेदन दिएको थियो । बोर्डले थप कागजपत्र पेश गर्न भनेकामा कम्पनीले वैशाख २२ गते नै अपडेट गरिएको प्रोस्पेक्टस समेत पठाइसकेको छ । यस्तै असार १ गते पठाएको प्रतिक्रियाको जवाफ असार ९ गते प्राप्त भइसकेको बोर्डले जनाएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

सिक्लेस हाइड्रोपावर कम्पनीले सेयर निष्काशनका लागि गत वर्ष कार्तिक २९ गते बोर्डमा अवेदन दिएको थियो । कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशनको अनुमति माग गरेको हो ।

बोर्डले वैशाख ६ गते प्रतिक्रिया पठाएकामा वैशाख २२ गते नै प्रतिक्रियाको जवाफ प्राप्त गरिसकेको जनाएको छ । बोर्डको अनुमति पाएपछि कम्पनीले पनि स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल हो ।

त्यस्तै सुपरमाई हाइड्रोपावर कम्पनी पनि पाइपलाइनमै छ । कम्पनीले गत वर्ष मंसिर २० गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणका लागि १ करोड बराबरको १ लाख कित्ता सेयर निष्काशनको माग गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

२ लाइफ इन्स्योरेन्सको १ करोड २० लाख कित्ता आईपीओ आउँदै
पाइपलाइनमा रहेका कम्पनीमध्य सबैभन्दा बढी कित्ता आईपीओ जारी गर्ने कम्पनी पिपुल्स हाइड्रोपावर कम्पनी भएपनि सबैभन्दा धेरै रकमको सेयर निष्काशन माग गर्ने कम्पनी भने रिलायबल लाइफ इन्स्योरेन्स हो । इन्स्योरेन्सको १ अर्ब २७ करोड २० लाख बराबरको ६० लाख कित्ता सेयर निष्काशन गर्ने बताएको छ ।

कम्पनीले सेयर निष्काशनका लागि गत साउन १२ गते आवेदन दिएको थियो । त्यसपछि बोर्डले कार्तिक १५ गते थप कागजपत्र ल्याउन भनेको थियो ।

इन्स्योरेन्सले स्वीकृति पाएपछि प्रमियम मूल्यमा आईपीओ निष्काशन गर्नेछ । अंकित मूल्य प्रतिकित्ता रु १०० मा ११२ रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता २१२ रुपैयाँका दरले आईपीओ निष्काशन हुनेछ । इन्स्योरेन्सले सर्वसाधारणका लागि सेयर निष्काशन गर्नेछ । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो ।

त्यस्तै आईएमई लाइफ इन्स्योरेन्स कम्पनी पनि सेयर निष्काशनका लागि लाममा छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले सेयर निष्काशनका लागि २०७८ जेठ ३१ गते बोर्डमा आवेदन दिएको थियो । बोर्डले २०७८ असार २२ गते नै अनुमतिबारे प्रतिक्रिया पठाएको थियो ।

इन्स्योरेन्सले सेयर निष्काशन अनुमति पाएपछि सर्वसाधरणका लागि बिक्री खुल्ला गर्छ । आईएमई लाइफ इन्स्योरेन्सको निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो ।

५ लघुवित्तको २० लाख ३५ हजार १ सय ३० कित्ता आईपीओ आउँदै
धितोपत्र बोर्डमा आईपीओ निष्काशन अनुमतिका लागि पाइपलाइनमा रहेको ५ माइक्रोफाइनान्स मध्ये सबैभन्दा धेरै सेयर निष्काशन अभियान लघुवित्त वित्तीय संस्थाले गर्दैछ । संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न आवेदन दिएको हो ।

संस्थाले गत चैत्र ३० गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले सेयर निष्काशनको अनुमति पाएपछि ९ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ । यसको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हो ।

यसैगरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था पनि लाइनमै छ । संस्थाले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर निष्काशनका लागि अवेदन दिएको छ । संस्थाले सेयर निष्काशनको अनुमति प्राप्त गरेपछि २ लाख ३ हजार ३ सय ८० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्नेछ । संस्थाको निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ । संस्थाले गत वर्ष चैत्र २१ गते सेयर निष्काशनका लागि आवेदन दिएको हो ।

खप्तड लघुवित वित्तीय संस्थाले एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता सेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । संस्थाले यही वैशाख ११ गते आवेदन दिएको हो । बोर्डले सेयर निष्काशन अनुमति दिएपछि निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहने छ ।

सिर्जनशील लघुवित्त वित्तीय संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबारको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर निष्काशनका लागि अनुमति माग गरेको छ । संस्थाले सेयर निष्काशनका लागि यही वैशाख २२ गते आवेदन दिएको थियो । धितोपत्र बार्डबाट सेयर निष्काशनको अनुमति पछि निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहने छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । संस्थाले गत वर्ष फागुन २३ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बार्डले यही जेठ २७ गते प्रतिक्रिया दिएकामा असार ६ गते जवाफ पाइसकको छ ।

संस्थाले सेयर निष्काशनको अनुमति प्राप्त गरेपछि अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा सर्वसाधारणलाई बिक्री खुल्ला गर्नेछ । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ ।

कालीञ्चोक केबलकार र सिटी होटल पनि आईपीओ निष्काशनको होडमा
कालीञ्चोक दर्शन कम्पनी (कालीञ्चोक केबलकार)ले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्काशनको माग गरेको छ । कम्पनीले गत वर्ष चैत्र १५ गते नै आवेदन दिएको थियो ।

कम्पनीले स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबील इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

सिटी होटलले पनि सेयर निष्काशनको गत वर्ष चैत्र ३० गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले सर्वसाधारणका लागि १६ करोड ४७ लाख रुपैयाँ बराबरको १६ लाख ४७ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले सेयर निष्काशनको अनुमति पाएपछि सर्वसाधारणलाई सेयर बिक्री खुल्ला गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमी क्यापिटल हो ।

डिसहोम र प्रतिकित्ता ५० रुपैयाँको हाथवेको आईपीओ अनुमति कहिले ?
हाथवे इन्भेस्टमेन्ट नेपालले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले गत वर्ष चैत्र २५ गते बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले अंकित मूल्य प्रतिकित्ता ५० रुपैयाँको दरले सर्वसाधारणलाई सेयरबिक्री खुल्ला गर्ने भएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

नेपाल धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा अन्यतर्फका २ वटा कम्पनी छन् । दुई कम्पनीकले कुल २७ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २७ लाख ८५ हजार ९ सय ९२ कित्ता सेयर निष्काशनका लागि अवेदन दिएको हो ।

२ कम्पनी मध्ये डिसमिडिया नेटवर्क कम्पनीको २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९ सय ९२ कित्ता रहेको छ । कम्पनीले २ वर्ष अघि अर्थात् २०७७ साल असार ३० गते बोर्डमा आवेदन दिएको थियो । त्यसयता २०७७ असोज १९ गते बोर्डले कम्पनीलाई प्रतिक्रिया पनि पठाएको छ जसको जवाफ बोर्डलाई प्राप्त भएको छैन ।

कम्पनीले अंकित मूल्य प्रतिकिता १०० रुपैयाँको दरले सर्वसाधारणलाई सेयर बिक्री खुल्ला गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल हो ।

त्यस्तै मुक्तिनाथ कृषि कम्पनीले ४ करोड बराबरको ४ लाख कित्ता सेयर निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले गत वर्ष फागुन २० गते बोर्डमा अवेदन दिएको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँकै दरले सेयर बिक्री खुल्ला गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्