Shikhar Insurance

हिमालयन हाइड्रोपावरको १९ करोड ६८ लाखको आईपीओमा आवेदन खुला

सिंहदरबार संवाददाता
२०७९ असार १५, बुधबार ०८:५२
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको १९ करोड ६८ लाख रुपैयाँको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले असार १५ गतेदेखि आईपीओमा आवेदन खुला गरेको हो । कम्पनीले प्रतिशेयर एक सय रुपैययाँ मूल्यका १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशन गरेको हो।

यस अघि आयोजना प्रभावितका लागि निष्काशित ९ लाख कित्ता मध्ये २ लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २५० कित्ता सहित गरी सर्वसाधारणका लागि आवेदन खुलाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

निष्काशनको २ प्रतिशतले हुने ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुने ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याईएको छ ।
बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । हिमालयनको आईपीओमा असार १९ गतेसम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरिरहेको छ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्