Shikhar Insurance

बरुण हाइड्रोले पायो सतप्रतिशत हकप्रद निष्काशनको अनुमति

सिंहदरबार संवाददाता
२०७९ असार १५, बुधबार १३:४५
NIMB
Nabil Bank

काठमाडौं । बरूण हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ बराबर १ (सतप्रतिशत) को अनुपातमा हकप्रद जारी गर्ने अनुमति दिएको हो ।

कम्पनीले चुक्तापुँजी अर्थात् २६ करोड ७९ लाख ७ हजार ५ सय रूपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीलाई विद्युत नियमन आयोगले गत वैशाखमै हकप्रद जारी गर्ने स्वीकृति दिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बरूणको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीए एस क्यापिटल हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्