Shikhar Insurance

राजस्व अनुसन्धानका नयाँ डीजी एक्सनमा, २९ जनाको गिरोहविरूद्ध एकैपल्ट चलाए करछलीको मुद्दा

सिंहदरबार संवाददाता
२०७९ असार १५, बुधबार १४:४८
NIMB
Nabil Bank

काठमाडौं । राजस्व अनुसन्धान विभाग सम्हालेका नयाँ महानिर्देशक झलकराम अधिकारी एक्सनमा उत्रिएका छन् । प्रकाश पौडेलको सुरूवा भएपछि नेतृत्व सम्हालेपछि पहिलो कदम चालेका हुन् ।

कार्यान्वयनमा गइसकेको भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) पालना नगर्ने ट्रान्सपोर्ट कम्पनीको छानबिन गर्दा गिरोह नै समातिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

विभागका अनुसार पशुपति रोड क्यारियर नेपाल प्रा.लि.को बुटवल शाखाले विक्रेता न्यु मनकामना सप्लायर्स र क्रेता सांग्रीला एक्सपोर्ट तथा राज फेन्सी कर्नर उल्लेख गरी भीसीटीएसमा प्रविष्ट गरी मालवस्तु  पठाएको थियो । तर, सो सामान अरूले कम्पनीको रहन गरेको खुलेको छ । पशुपति रोड क्यारियर नेपाललगायतका कम्पनीहरूले भन्सार नाका प्रयोग नगरी प्रज्ञापन पत्र समेत नभरि सामान आयात गर्ने गरेको पनि पाइएको छ भने विभिन्‍न मालसामान खरिद र बिक्री नजनाई भन्सार, आयकर, मु.अ.कर र  लाभांश कर लगायतका राजस्व नतिर्ने तथा अर्कैको नाममा व्यवसाय सञ्चालन गरी तिर्नु पर्ने कर राजस्व नबुझाइ आफूले लाभ लिएको अनुसन्धानमा खुलेको छ ।

विभागले राजस्व चुहावट सम्बन्धी मुद्धा उच्च अदालत पाटन, ललितपुरमा दायर गरेको छ । राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार उनीहरूले २२ करोड १९ लाख ४६ हजार ७ सय ३ रूपैयाँ कर छलेको पाइएको छ । विभागले सो कर असुल गर्नुपर्ने र त्यति नै जरिवाना लिनुपर्ने मागदाबीसहित अभियोगपत्र दायर गरेको हो ।

यी हुन् कर छल्ने हरू । कसले कति कर छले ? कोविरूद्ध कति बिगो ?

१) पशुपति रोड क्यारियर नेपाल प्रा.लि. स्थायी लेखा नं. 301581435 र प्रा.लि.का सञ्चलकहरु महेन्द्र प्रसाद गुप्ता,
राजेन्द्र प्रसाद गुप्ता र मधु कुमारी गुप्ता, कर्मचारीहरु भारतिय नागरिक ओमप्रकाश भनिने उपेन्द्र कुमार सिंह र अन्जियन आलम, न्यु मनकामना सप्लार्यस स्थायी लेखा नं.  605003224 का प्रोप्राइटर  रेखा जैसवाल र मुख्य कारोबारी राकेश प्रसाद जैसवाल

छलेको कुल करः रू 10,92,56,601/-

सजायः रू 21,85,13,202/- र ३ वर्षदेखि ५ वर्षसम्म कैद

 

२) सुद्रानिया इम्पेक्स (स्थायी लेखा नम्बर 300144453) का प्रोप्राइटर भरत कुमार अग्रवाल

छलेको कुल करः रू 3,68,13,707/-

सजायः रू 7,36,27,414/- र ६ महिना देखि १ बर्ष सम्म कैद

 

३) श्री आर. एण्ड एस. इन्टरनेशनल प्रा.लि. (स्थायी लेखा नम्वर 603504998)  र प्रा.लि.का
संचालक अमित प्रधान, व्यवस्थापक सुजित महर्जन र कर्मचारी श्याम प्रसाद वस्याल

छलेको कुल करः रू 1,44,62,826/-

सजायः रू 2,89,25,652/- र ६ महिना देखि १ बर्ष सम्म कैद

 

४) अरुण क्लोथ सप स्थायी लेखा नं. 606423955 का प्रोप्राइटर चन्द्र बहादुर श्रेष्ठ, मुख्य कारोबारी भारतीय नागरिक टिंकु भनिने अभिषेक कुमार डालमिया र कर्मचारी जय वहादुर भट्ट

छलेको कुल करः रू 2,66,47,292/-

सजायः रू 5,32,94,584/- र ६ महिना देखि १ बर्ष सम्म कैद

 

५) श्री एन ए इम्पेक्स (स्थायी लेखा नम्बर 607206595) का प्रोप्राइटर  रिमा केडिया र
मुख्य कारोबारी सुभाष चन्द्र अग्रवाल

छलेको कुल करः रू 90,86,074/-

सजायः रू 1,81,72,146/- र १ महिना देखि ६ महिनासम्म कैद

 

६) ए आर साडी कलेक्सन, (स्थायी लेखा नम्वर 607217070 का प्रोप्राइटर सोहन शाह भारतीय नागरिक र मुख्य कारोबारी
नन्दन कुमार भारतीय नागरिक

छलेको कुल करः रू 65,71,763/-

सजायः रू 1,31,43,526/- र १ महिना देखि ६ महिनासम्म कैद

 

७) एजिलिटी मार्केटिङ्ग कम्पनी प्रा.लि. (स्थायी लेखा नम्बर 601854996)  र प्रा.लि.का सञ्चालक
तीर्थराज पुरी

छलेको कुल करः रू 41,53,511/-

सजायः रू 83,07,022/- र १ महिना देखि ६ महिनासम्म कैद

 

८) खुशी साडी कलेक्सन, स्थायी लेखा नं. 613216991 का प्रोप्राइटर किरण देवी साह

छलेको कुल करः रू 9,00,437/-

सजायः रू 18,00,874/- र १ महिना देखि ६ महिनासम्म कैद

 

९) एच.डि.एम इन्टरप्राइजेज स्थायी लेखा नं. 600236294 का प्रोपराइटर सुरेश श्रेष्ठ

छलेको कुल करः रू 28,05,892/-

सजायः रू 56,11,784/- र १ महिना देखि ६ महिनासम्म कैद

 

१०) राजकुमार एण्ड सन्स स्थायी लेखा नं. 300149670 का प्रोपराइटर श्री राजकुमार अग्रवाल र
मुख्य कारोबारी श्री मिलाप सिंघल

छलेको कुल करः रू 29,21,184/-

सजायः रू 58,42,368/- र १ महिना देखि ६ महिनासम्म कैद

 

११) न्यू उत्सव ट्रेड कन्सर्न स्थायी लेखा नं. 601171246 का प्रोपराइटर लिला गौतम
मुख्य कारोबारी ज्ञान प्रसाद चौलागाइ

छलेको कुल करः रू 22,37,479/-

सजायः रू 44,74,958/- र १ महिना देखि ६ महिनासम्म कैद

 

१२) दामोदर रिमाल नाप्रनं.2/3770 धादिङ्ग

छलेको कुल करः रू 12,22,020/-

सजायः रू 24,44,040/- र १ महिना देखि ६ महिनासम्म कैद

 

१३) फेसन व्वाइ सेन्टर स्थायी लेखा नं. 301584296 का प्रोपराइटर दिनेश्वर कुमार वझा मुख्य कारोबारी भारतीय नागरिक टिंकु भनिने अभिषेक कुमार डालमिया र भारतिय नागरिक सुमित डालमिया

छलेको कुल करः रू 48,67,917/-

सजायः रू 97,35,834/- र १ महिना देखि ६ महिनासम्म कैद

GBIME

प्रतिक्रिया दिनुहोस्