Shikhar Insurance

नबिल बैंक र एनबी बैंकले पाए प्राप्तिको अन्तिम स्वीकृति, असार मसान्त अगावै एकीकृत कारोबार

सिंहदरबार संवाददाता
२०७९ असार १५, बुधबार १५:०२
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकले प्राप्तिको अन्तिम स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकको आज बसेको सञ्चालक समितिको बैठकले यी बैंकलाई प्राप्तिको अन्तिम स्वीकृति दिएको नियमन विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

नबिलले एनबीलाई १००:४३ को स्वाप रेसियोमा प्राप्ति गर्दैछ । दुई बैंकबीच गत पुष २९ गते प्रारम्भिक सम्झौता गरेका थिए । केन्द्रीय बैंक फागुन २९ गते प्राप्तिको सैद्धान्तिक सहमति दिएको थियो । दुवै बैंकको जेठ ७ गते बसेको विशेष साधारणसभाले प्राप्तिको प्रस्ताव पारित गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकको व्यवस्था अनुसार अबको १ महिनाभित्र एकीकृत कारोबार सुरू गरिसक्नुपर्नेछ । जसअनुसार यी बैंकले साउन १५ गते अघिनै एकीकृत कारोबार सम्पुर्ण काम सक्नुपर्नेछ । तर, असार मसान्त अगावै एकीकृत कारोबार शुरु गरिने नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले सिंहदरबारलाइ बताए । ´राष्ट्र बैंकले स्वीकृत दिएको पत्र अहिलेसम्म हामीले पाएका छैन । स्वीकृत आएको हो भने असार मसान्तसम्म एकीकृत कारोबार शुरु हुन्छ, हामी त्यही अनुसारको तयारीमा छौं,´ उनले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्