Shikhar Insurance

प्रतितोला ३ सय रूपैयाँले घट्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०७९ असार १६, बिहीबार १२:१६
NIMB
Nabil Bank

काठमाडौं । बिहीबार सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ३ सय रुपैयाँ थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर १ हजार २ सय ३५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्