Shikhar Insurance

बैंकको निक्षेप ५० खर्ब पुग्यो, एक वर्षमा पौने ३ खर्ब निक्षेप थप हुँदा ५ खर्ब ४० अर्ब कर्जा प्रवाह

सिंहदरबार संवाददाता
२०७९ असार १६, बिहीबार १९:४०
NIMB
Nabil Bank

काठमाडौं । बैंकिङ प्रणालीमा ५० खर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ । असार १५ गतेसम्म बैंक तथा वित्त कम्पनीहरुमा कुल ५० खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको हो ।

साथै, हालसम्म बैंक तथा वित्त कम्पनीले कुल ४७ खर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुको मात्र ४४ खर्ब अर्ब रुपैयाँ र कुल कर्जा प्रवाहमा वाणिज्य बैंकहरुको मात्र ४१ खर्ब ७९ अर्ब रुपैयाँ हिस्सा हो ।

Citizen Life
Kumar Bank
Nepal Life

चालु आर्थिक वर्ष लागेपछि असार मसान्तसम्म बैंकिङ प्रणालीमा २ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप थप हुँदा ५ खर्ब ४० अर्ब रुपैयाँ थप कर्जा प्रवाह भएको छ । जसमध्ये वाणिज्य बैंकहरुले कुल २ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप थप गर्दा ४ खर्ब ६३ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका हुन् ।

गत साउन १ गते बैंकिङ प्रणालीमा कुल ४७ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा ४१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह भउको थियो । जसमा वाणिज्य बैंकहरुले मात्र कसल ४१ खर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

बैंकिङ प्रणालीमा निक्षेप संकलन सहज हुँदै गएपछि बैंकहरुको औषत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि साइजमा आएको छ । एक सातासम्म ९० प्रतिशतमाथि रहेको औषत सीडी रेसियो असार १५ गतेसम्म ८९.०६ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्