Shikhar Insurance

नबिलका नयाँ सीईओ ढुंगानाले गरे पदभार ग्रहण, बैंक भन्छः उहाँको नेतृत्वमा थप उचाई हासिल गर्छौं

सिंहदरबार संवाददाता
२०७९ असार १७, शुक्रबार १०:५४
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले २०७९ असार १७ गते शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । उनले शुक्रबार दरबारमार्गस्थिति प्रमुख कार्यालयमा रहेको सीईओ अफिसमा पदभार ग्रहण गरेका हुन् ।

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सँगालेका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही काम गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तिय विश्लेषणमा स्नातकोत्तर को अध्ययन पूरा गरेका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच र सन् २०१५ मा म्यानेजर अफ द इयर विधामा पुरस्कृत भएका थिए । कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए ।

ढुंगानाको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा समेत नबिल बैंकले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्