Shikhar Insurance

बालेनले भनेः मानव सेवा आश्रम चाहिए हामीलाई भन्नु, महानगरभित्र भिख नमाग्नु

सिंहदरबार संवाददाता
२०७९ असार १७, शुक्रबार ११:०७
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र भिख माग्न निषेध गरेको छ । महानगरपालिकाले सूचना निकाल्दै महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीख माग्न निषेध गरेको हो ।

तर, साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साधुसन्तबाहेक बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भीख माग्न वा भीख माग्न दुरुत्साहन नगर्न नगराउन आग्रह गरिएको छ ।

असहाय, बिरामी, बेवारिसे, अशक्त लगायतले पनि सडकमा भीख माग्न नपाउने भएका छन् । यस्ता व्यक्तिका लागि काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको महानगरले जनाएको छ ।

मानव सेवा आश्रमको सेवा आवश्यक परेमा महानगर वा आश्रममा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । अबको १० दिनभित्र यो सूचनाको उल्लङ्घन गर्दै भीख मागेमा कानुन अनुसार कारबाही गरिने सूचनामा भनिएको छ । महानगरको मेयरमा बालेन्द्र शाह निर्वाचित भएदेखि सुधारको काम गरिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्