Shikhar Insurance

सबै बीमा कम्पनीहरुको शत प्रतिशत व्यवसाय नेपाली पुनर्बीमा कम्पनीलाई

सिंहदरबार संवाददाता
२०७९ असार १७, शुक्रबार १६:३९
NIMB
Nabil Bank

काठमाण्डौं । अब बीमा कम्पनीहरुले नेपाली पुनर्बीमा कम्पनीलाई नै शत प्रतिशत व्यवसाय दिन सक्ने भएका छन् । बीमा समितिले पुनर्बीमा सम्बन्धि एक परिपत्र जारी गर्दै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई शतप्रतिशत पुनर्बीमा नेपाली पुनर्बीमा कम्पनीलाई दिन सकिने व्यवस्था गरको हो ।

जारी सर्कुलर अनुसार अब जीवन बीमा कम्पनीले पुनर्बीमा कम्पनीलाई प्रदान गरेको प्रत्यक्ष हिस्सा पश्चात बाँकी रहेको हिस्साको शत प्रतिशतसम्म पुनर्बीमा नेपाली पुनर्बीमा कम्पनी दिन सक्ने छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै निर्जीवन बीमा कम्पनीहरुले भने ट्रिटी पुनर्बीमा अन्तर्गत पुनर्बीमा गर्दा सरकारले निर्धारण गरेको प्रत्यक्ष हिस्सा वापतको हिस्सा स्वदेशी पुनर्बीमकलाई प्रदान गरेपश्चात बाँकी रहेको हिस्साको प्रथम वर्ष कम्तिमा १५ प्रतिशत र दोस्रो वर्षदेखि कम्पनीमा २० प्रतिशत पुनर्बीमा प्रत्येक पुनर्बीमा कम्पनीलाई प्रदान गर्नुपर्ने समितिले जनाएको छ ।

साथै निर्जीवन बीमा कम्पनीहरूले पुनर्बीमकलाई प्रदान गरेको प्रत्यक्ष हिस्सा पश्चात बाँकी रहेको हिस्साको शत प्रतिशतसम्म पुनर्बीमा नेपाली पुनर्बीमालाइ दिन सकिने व्यवस्था गरेको छ ।

समितिले पुनर्बीमा कम्पनीहरुलाई बीमा कम्पनीहरुबाट प्राप्त सरकारले तोकेको हिस्सा अस्वीकार नगर्न पनि निर्देशन दिएको छ । साथै, पुनर्बीमा कम्पनीहरुलाई बीमकबाट प्राप्त सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष हिस्सा पुनर्बीमा कम्पनीले कुनै पनि अवस्थामा अस्वीकार गर्न नपाउने व्यवस्था समितिले गरेको हो ।

निर्जीवन बीमा कम्पनीहरूलाई समितिले मोटर बीमा, कृषि बीमा तथा लघु बीमालाई स्वदेशमै शत प्रतिशत पुनर्बीमा गर्न निर्देशन दिएको छ । फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सम्पुर्ण फ्याकल्टेटिभ पुनर्बीमा स्वदेशी पुनर्बीमा कम्पनीमा गर्न पनि समितिले निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

जारी सकुर्लर अनुसार सरकारले तोकेको प्रत्यक्ष हिस्सा कुनै पनि पुनर्बीमा कम्पनीहरुले अस्वीकार गर्न पाउने छैनन् । साथै नेपाली पुनर्बीमा कम्पनीहरुले बीप्लस रेटिङ कम्पनीमा मात्रै पुनर्बीमा गर्न पाउनेछन् । दक्षिण एशियाली राष्ट्रमा रहेको सरकारी स्वामित्वमा रहेका पुनर्बीमा कम्पनीको हकमा रेटिङ्ग सम्बन्धी व्यवस्था लागू नहुने समितिले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्