Shikhar Insurance

बन्दिपुरको धरमपानीमा चप्पल उद्योग सञ्चालन हुने

सिंहदरबार संवाददाता
२०७९ असार १८, शनिबार ११:१८
NIMB
Nabil Bank

तनहुँ । बन्दिपुर गाउँपालिका–६ को धरमपानीमा चप्पल उद्योग सञ्चालनमा हुने भएको छ । उक्त वडास्थित धरमपानी महिला उद्यमी समूहलाई तालिम प्रदान गरी चप्पल उत्पादन गर्न लागिएको हो ।

गण्डकी प्रदेश सरकारको गरिबी निवारण उद्यमी विकास कार्यक्रमअन्तर्गत दुई लाख १३ हजार ५०० मा मेसिन खरिद गरी स्थानीय १२ जनालाई तालिम प्रदान गरिएको हो । तालिमबाट सीप सिकेका जनशक्तिलाई परिचानल गरी चप्पल उत्पादन गरी बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ । तालिम पश्चात चप्पल उत्पादन गरेर पालिकास्तरमै खपत गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले दैनिक ५०÷६० जोर चप्पल उत्पादन हुने गरेको छ । उले भने, “उत्पादित चप्पल कोसेली घरमा पनि राखेर प्याकेजिङको रुपमा बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ ।’’ उत्पादित बस्तु बिक्री वितरण र बजारीकरणको लागि गाउँपालिका कार्यालयको भूमिका रहने उनले बताए । बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा महिला उद्यमी समूहलाई चार सिलाइ कटाइ मेसिन प्रदान गरेर आयआर्जनतर्फ सक्रिय बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिए ।

गाउँपालिका कार्यालयले बन्दिपुर बजार क्षेत्रमा पेपर प्लेट विस्थापित गर्नको लागि सालको पातको टपरी प्रयोगमा ल्याउने गरी काम गरिरहेको उनले बताए । टपरी बनाउनको लागि १२ जनालाई सहभागी गराएर तालिम प्रदान गरिएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्