Shikhar Insurance

नेप्से परिसुचक दोहोरो अंकले बढ्दा आधा दर्जन कम्पनीको सेयरमा सर्किट

सिंहदरबार संवाददाता
२०७९ असार १९, आईतवार १७:११
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । केहि दिन अघिसम्म १८ सय पुगेको नेप्से त्यसपछि लगातार बढेर २१ सयको हाराहारीमा अएको हो ।

आईतबार कारोबारमा आएका १७६ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज नेप्से परिसूचक ५७.६५ अंकले बढेर २,०८६.४२ को विन्दुमा बन्द भएको छ । ठुला कम्पनीको सेयर मापक सेन्सिटीभ इण्डेक्स् पनि १०.२१ अंकले बढेर ३९८.८२ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्से दोहोरो अंकले बढ्दा आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साल्ट टेड्रिङ कर्पोरेसन, हिमालयन पावर, अपर तामाकोशी हाईड्रोपावर, सेन्जेन जलविद्दुत कम्पनी, नेष्डो समृद लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पोजेटिभ सकिट लेभलमा कारोबार भएको हो ।

कारोबार रकमको आधारमा न्यादी ग्रुप पावर र्शीष स्थानमा छ । कम्पनीको २२ करोड २८ लाख ६९ हजार रुपैयाँ बराबरकाु सेयर कारोबार भए । त्यसैगरी हिमालयन डिस्टिलरीको ८ करोड ८१ लाख ३८ हजार, शिवम सिमेन्टको ६ करोड ९७ लाख ८५ हजार, एनआईसी एशिया बैंकको ६ करोड ८९ लाख ८ हजार र नेपाल रि ईन्स्योरेन्स कम्पनीको ६ करोड २६ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भए ।

आज दिनभरीमा २३१ स्क्रिप्टको ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर २ अर्ब ४८ करोड ४ लाख ७३ हजार रुपैयाँमा खरिदबिक्रि भए ।

समुहगत उपसूचकहरु सबै हरिया भएको छ । अन्य उपसमुहको सबैभन्दा बढी ४.७५ प्रतिशतले बढेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्