Shikhar Insurance

हिमालयनसँग नेगोशिएशनमा दरार आएपछि सिटिजन्सलाई प्रस्ताव गर्दै सिभिल

‘पहिचान जोगाउँदै मर्जरमा जान तयार छौं’–अध्यक्ष भण्डारी
सिंहदरबार संवाददाता
२०७९ असार १९, आईतवार १६:२१
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन बैंकसँग मर्जरको ‘नेगोशिएन’मा दरार आएसँगै सिभिल बैंकले सिटिजन्स बैंकलाई मर्जरको प्रस्ताव गरेको छ । मर्जरको प्रारम्भिक छलफलमा सेयर स्वाप रेसियोमा कुरा नमिलेपछि सिभिलले हिमालयनलाई छोडेर सिटिजन्सलाई पाटर्नर बनाउन खोजेको हो ।

हिमालयन बैंकले इनभेष्टमेण्टसँग डिमर्जर गरेसँगै सिभिल बैंकसँग मर्जरको नेगोशिएसन शुरु गरेको थियो । करिब ४ महिना चलेको मर्जरको नेगोशिएसनमा सिभिल बैंकले सेयर स्वाप रेसियो ९० प्रतिशत मागेपछि समाप्त हुन लागेको हो । हिमालयनले आफ्ना शर्तहरुलाई वास्ता नगरेपछि कर्जर कमिटीको मिटिङ नै नबसेको सिभिल बैंकका एक सञ्चालकले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘हिमालयनसँग फाइनल गर्ने भनेर १/२ वटा मिटिङ पछि बसेका छैनौं, बिजेनेश ग्रोथका लागि मर्जरको आवश्यकता हामीले देखेरै नेगोशिएसन अघि बढाएका हौं,’ सिभिल बैंकका ती सञ्चालकले सिंहदरबारसँग भने, ‘कुरा मिले हिमालयन नभए अन्य बैंक हुन सक्छ ।’

बैंकिङ क्षेत्रमा सिभिल बैंकलाई प्रतिस्पर्धी व्यवसाय गर्न पाटर्नरको आवश्यकता परेको भन्दै सकेसम्म यही असार मसान्त अगावै कुनै बैंकसँग मर्जरको अन्तिम टुंगो लाग्ने ती सञ्चालकले जानकारी दिए ।

‘टिमले अन्य केही वाणिज्य बैंकसँग पनि छलफल गरिरहेको छ, सिटिजन्ससँग पनि कुरा भएको हुनुपर्छ,’ उनले थपे, ‘मर्जरको लागि उपयुक्त पाटर्नर नभेटिए हामी अर्गानिक ग्रोथमा पनि जान सक्छौं ।’

सिभिल बैंक २ वर्षयता अर्गानिक ग्रोथमा राम्रोसँग अघि बढिरहेको हुँदा मर्जरका लागि पनि नेगोशिएसनमा कम्प्रमाइज नगर्ने उनको भनाइ छ ।

यता, सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीले भने आफ्नो पहिचान जोगाउने गरी मर्जरमा जान तयार भएको बताए ।

‘सिभिलमात्र नभएर आफ्नो अस्थित्व जोगाउँदै जुन सुकै वाणिज्य बैंकसँग मर्जरमा जान तयार छ, हामीलाई असार मसान्त अगावै मर्जर गर्नु पर्छ भन्ने छैन,’ सिटिजन्स बैंकका अध्यक्ष भण्डारीले सिंहदरबारसँग भने, ‘मलाई मर्जरमा पाउने छुटसँग कुनै लोभ छैन, कुनै बैंकले हामीलाई मर्जर वा प्राप्ति गरिदिनु पर्यो भन्दै आउँछ भने तयार छौं । त्यो २/३ महिनापछि नै किन नहोस् ।’

सिटिजन्स बैंकलाई आएका प्रस्तावमा बैंकको मर्जर कमिटीले छलफल गरी बोर्डमा प्रस्ताव पेश गरेमा आफ्नो पहिचान जोगाउने गरी मर्जरको प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

यही असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले मर्जर हुँदा पाउने विभिन्न छुट तथा सहुलियतको समयावधि समाप्त हुँदैछ । भने, राष्ट्र बैंकले समेत आफ्नोतर्फबाट ती छुट तथा सहुलियतलाई निरन्तरता नदिने संकेत दिइसकेको छ । सोही कारणले आफु कुनै बैंकसँग मर्जर वा प्राप्ति हुनु पर्दा मसान्त अगावै सम्झौता गरिसक्न सिभिल हतारिएको हो । जसका कारणले गर्दा हिमालयनसँग स्वाप रेसियोमा बार्गेनिङ नमिलेपनि अन्य बैंकहरुलाई प्रस्ताव गर्न शुरु गरेको प्रष्ट हुन्छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत जेठ तेस्रो साता वाणिज्य बैंकका अध्यक्ष तथा सञ्चालकहरुलाई बोलाएर मर्जरमा पाइने छुट तथा सहुलियतको ‘डेड लाइन’ सम्झाउँदै सो संकेत गरेका थिए । त्यसयता मात्रै ४ वटा वाणिज्य बैंकहरुले मर्जर तथा प्राप्तिको सम्झौता गरिसकका छन् । भने एक दर्जन वाणिज्य बैंक मर्जर तथा प्राप्तिका लागि उपयुक्त पाटर्नरको खोजिम दौडिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्