Shikhar Insurance

सिटिजन्स बैंकले काठमाडौंमा एकै दिन थप्यो ३ नयाँ शाखा, निक्षेप डेढ खर्ब नजिक

सिंहदरबार संवाददाता
२०७९ असार २०, सोमबार ०७:११
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंमा एकै दिन तीन वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले एकै दिन काठमाडौंको ठूलो भर्याङ, थली र बुढानिलकण्ठमा तीन वटा शाखा थपेको हो । अब बैंकको कुल शाखा १७७ पुगेको छ भने काठमाडौं उपत्यका भित्रको शाखा संख्या ३२ वटा पुगेको छ ।

नयाँ शाखाहरुबाट सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु ति शाखाबाट प्राप्त हुनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै बैंकले हालसालै काठमाडौंको नारायण गोपाल चोक शाखा, नवलपरासीको अमरापुरी शाखा, रुपन्देहीको बाँसगढी शाखा र हुम्ला जिल्लाको सिमिकोट शाखा गरी ४ वटा शाखा स्थानान्तरण गर्ने कार्य समेत सम्पन्न गरिसकेको छ ।

बैंकले हाल एक खर्ब ४८ अर्ब निक्षेप संकलन गरि एक खर्ब ३४ अर्ब कर्जा प्रबाह गरेको छ । बैंकमा करिब १४ लाख ग्राहकहरुआवद्ध छन् । बैंकले १७७ वटा शाखा, १२९ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्