Shikhar Insurance

आइएमई जनरलका ग्राहकलाई ग्यालेक्सी क्लिनिकमा २५ प्रतिशतसम्म छुट

सिंहदरबार संवाददाता
२०७९ असार २०, सोमबार ०७:२६
NIMB
Nabil Bank

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सका ग्राहक, कर्मचारी तथा सेयरधनीहरुले ग्यालेक्सी क्लिनिकमा बिशेष छुट पाउने भएका छन् । आइएमई जनरल र ग्यालेक्सी स्पेशियालीटी क्लिनिकबीच समझदारी अनुसार कम्पनीका ग्राहक, कर्मचारी र सेयरधनीले बिशेष छुट पाउने भएका हुन् ।

सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्योलेक्सी क्लिनिका प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरे । यस सम्झौता अनुसार आइएमईका ग्राहक, कर्मचारी र सेयरधनीले ग्यालेक्सी क्लिनिक महाराजगञ्जमा एक्सरे, युएसजी, इसीजी, इको लगायतका परिक्षमा १० प्रतिशतसम्म र ओपीडी सेवामा २५ प्रतिशतसम्म छुट पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्