Shikhar Insurance

ज्यापु समाज यलका व्यवसायीहरुको बीमा अजोडले गर्ने

सिंहदरबार संवाददाता
२०७९ असार २०, सोमबार ०७:४५
NIMB
Nabil Bank

काठमाडौं । अजोड इन्स्योरेन्सले ज्यापु समाज यलसँग आवद्ध उद्यमी व्यवसायीहरुको बीमा गर्ने भएको छ । अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जनले त्यस्तो सम्झौतामा हस्ताक्षर गरेका हुन् । हस्ताक्षरसँगै अब ज्यापु समाज यल र सो संस्थासंग आवद्ध उद्योगी ब्यवसायी सदस्यहरुको निर्जिवन बीमा अजोड इन्स्योरेन्सले गर्नेछ ।

साथै दुबै संस्थाले बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्न पनि सहकार्य गर्नेछन् । कार्यक्रममा ज्यापु समाज यल र अजोड इन्स्योरेन्सका कर्मचारीहरुको पनि सहभागीता रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्