Shikhar Insurance

सुनचाँदीकै मूल्य स्थिर

सिंहदरबार संवाददाता
२०७९ असार २०, सोमबार १०:५६
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ । आज छापावल सुन अघिल्लो दिनकै बराबरी ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी तेजावी सुनमा पनि परिर्वतन आएको छैन । सोमबार तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

महासंघका अनुसार सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको जनाएको छ । चाँदी अघिल्लो दिनकै बराबरी १२ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अन्तरराष्ट्रिय बजारमै लामो समयदेखि सुनचाँदीको मूल्यमा खासै ठुलो उत्तारचडाव नआएको महासंघले जनाएको छ । नेपालमा अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य तोक्ने गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्