ब्रोकरलाई लाइसेन्स दिने बाटो खुल्यो, पुँजी २० करोड, हरेक वर्ष नयाँ लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिने बाटो खुला गरेको छ । मंगलबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्दै नयाँ ब्रोकरलाई लाइसेन्स दिने बाटो खुला गरेको हो । संसोधित नियमावली अनुसार अब ब्रोकरहरुको न्युनतम चुक्ता पुँजी २० करोड रुपैयाँ हुनेछ । पुराना ब्रोकरहरुले पनि आगामी २ वर्षभित्र आफ्नो पुँजी २० करोड बनाईसक्नुपर्नेछ । बोर्डले ब्रोकर लाइसेन्स तीन प्रकारको हुने व्यवस्था गरेको छ जसमा सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा र धितोपत्र व्यापारी छन् । पूर्ण कार्य गर्ने ब्रोकरको पुँजी ६० करोड हुनेछ । स्टक डिलरको काम गर्नेहरुका लागि भने त्यस्तो पुँजीको सिमा एक अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ । बोर्डले हरेक वर्ष ब्रोकर लाइसेन्स दिन सकिने व्यवस्था पनि गरिदिएको छ । हालसम्म संख्या तोकेर वितरण गरिँदै आएको ब्रोकरको लाइसेन्स योग्य आवेदक सबैले पाउने गरि वितरण गर्ने बाटो पनि खुला भएको छ ।   १५ दिनभित्रै ब्रोकर लाइसेन्स वितरण प्रकृया शुरु हुँदै, चुक्तापुँजी २० करोड र शुल्क ५० लाख रूपैयाँ   ‘नयाँ एक्स्चेन्ज र ब्रोकरलाई लाइसेन्स आवश्यक भएमात्र दिन्छु’ (अन्तर्वार्ता)