Shikhar Insurance

कुनै पनि परियोजनामा पाइप कति महत्वपूर्ण छ ?

सिंहदरबार संवाददाता
२०७९ असार २८, मंगलवार ११:४२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल भौगोलिक रूपले विकासका लागि चुनौतीपूर्ण भए तापनि विगत दुई दशक यता हामीले धेरै विकासात्मक परियोजनाहरू भइरहेको देख्न सक्छौं । हाम्रा नेपाली निर्माण उद्योगहरूमा पनि उल्लेखनीय प्रगति भएको पाईन्छ ।

नेपाली निर्माण उद्योगहरू मुख्यतया पूर्वाधार निर्माण, जल–विद्युत, सिँचाइ, भवन र अन्य घरजग्गा निर्माणमा संलग्न छन् । निर्माण उद्योगले नेपालमा अशिक्षित, बेरोजगार देखि दक्ष, अदक्ष र मौसमी श्रमिकहरूको ठूलो जनसंख्यालाई रोजगारीको अवसर प्रदान गरी दोश्रो ठूलो रोजगारदाताको रूपमा रहेको छ जसले हाम्रो राष्ट्रिय अर्थतन्त्र र जीविकोपार्जनमा ठूलो भूमिका खेल्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

परियोजना सानो ठूलो जस्तो भए पनि निर्माण कार्यमा चाहिने निर्माण सामाग्रीहरू जस्तै ढुंगा, गिट्टी, बालुवा, सिमेन्ट, काठ तथा रडहरु हुन् । निर्माण सामाग्रीमा पनि हरेक निर्माण सामग्री गुणस्तरीय छान्नु अत्यन्तै महत्वपूर्ण रहेको छ । कुनै पनि एक निर्माण सामग्री कच्चा वा गुणस्तरहिन भएमा, त्यसले समग्र निर्माण परियोजनामा नै दिर्घकालीन असर गर्दछ ।

हामीले रड, सिमेन्टको बारेमा त राम्रै बुझेका छौं, गुणस्तरीय नै खोज्छौं तर हामीले निर्माण गर्दा पाइप र फिटिङलाइ पनि उतिकै महत्व दिएर गुणस्तरीय छान्नुपर्ने हुन्छ । निर्माणको क्रममा राम्रा गुणस्तरको पाईप छनोट गर्न नसक्दा पाईपहरु फुट्ने, चुहिने, खिइएर जाने, पाइप भित्र जीवाणुहरु फैलिने, पाइपमा प्रयोग भएको केमिकल पानीमा मिसिने इत्यादी जस्ता समस्याहरू आउने गर्दछन् । पाइप पर्खालको भित्रपट्टि प्रयोग हुनाले कुनै पनि समस्या आइपर्दा पर्खाल नै सबै भत्काएर पाइप झिक्नुपर्ने हुन्छ । जसले संरचनाको स्वरुप नै बदल्छ । यो सबै हुन नदिन सुरुमा नै गुणस्तरीय तथा प्रमाणित पाइपहरुको प्रयोग गरे यस्ता समस्याहरुबाट जोगिन सकिन्छ ।

एउटा सामान्य घर बनाउँदा प्राय ३ किसिमको पाइपहरु लाग्दछन्; भान्छा र बाथरुमको लागि सिपिभिसि, ड्रेनेजको लागि ड्रेनेज पाइप (जस्तै मंगलम प्रोड्रेन) र वायरिङ्गको लागि इलेक्ट्रिकल कन्डुएट पाइप (जस्तै मंगलम वायर–सेफ)। खानेपानी र ड्रेनेजको लागि छुट्टा–छुट्टै किसिमको पाइपहरु प्रयोग गरिए पनि वायरिङ्गको लागि भने कालो एचडिपिइ पाइप नै अझै पनि प्रयोग गरिन्छ । वायरिङ्गको लागि नै बनेको इलेक्ट्रिकल कन्डुएट वायर–सेफ पाइप प्रयोग नगर्दा विभिन्न किसिमको विद्युतीय दुर्घटनाहरु हुने जोखिम बढी हुन्छ । ग्राहकको विश्वसनीयता र प्लम्बिंग प्रणालीहरूको आवश्यकताहरू ध्यानमा राख्दै मंगलम समूहले नेपाली बजारमा प्लम्बिंग सामग्रीहरू उत्पादन र वितरण गर्दै आएको छ ।

मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । यसका सबै उत्पादनहरू आईएसओ ९००१ः२०१५ प्रमाणित छन् भने मङ्गलमको सीपीभीसी, पीभीसी र एचडीइएपी पाइप आईएसओ साथसाथै नेपाल गुणस्तर (एनएस) पनि प्रमाणित छन् । मंगलम्को यी उत्पादनहरु प्लम्बिङ पेशामा लागेका अनुभवी पेशाकर्मीहरुको साथै घर–धनीहरु र निर्माण व्यवसायीहरुको पहिलो र विश्वसनीय रोजाइ हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्