कर छुटको लोभले महिना दिनमै २१ बैंक/बीमा कम्पनी मर्जरको बाटोमा, डिमर्जरकाे जोखिम बढ्दाे

काठमाडौं । पछिल्लो एक महिनामै करिब २ दर्जन बैंक र बीमा कम्पनीहरुले मर्जर तथा प्राप्तिको बाटो रोजेका छन् । मर्जर गर्दा पाइने कर छुटको लाभ उपयोग गर्ने होडमा गत जेठ मसान्तदेखि असार मसान्तसम्म २१ वटा बैंक र बीमा कम्पनीले मर्जर तथा प्राप्तिको सम्झौता गरेका हुन् । अघिल्लो आर्थिक वर्षको बजेटमार्फत् २०७९ असार मसान्तसम्म मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई २ वर्षसम्म आयकरमा छुट दिने उल्लेख गरेको थियो । जसअनुसार मर्जरमा जाने बैंक बीमा कम्पनीहरुले आयकर ऐन, २०५८ अनुसार पुँजीगत लाभकर, लाभांश कर र कर्मचारीहरुको अवकाश भुक्तानीमा कर छुट पाइरहेका छन् । यसका साथै मर्जर तथा प्राप्तिमा जाने बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुलाई सम्बन्धित नियामक निकायहरुले पनि विभिन्न छुट तथा सहुलियत दिएको छ । यस्ता सुविधाहरुलाई समेत असार मसान्तपछि निरन्तरता नदिइने नेपाल राष्ट्र बैंक र बीमा समितिले प्रष्ट पारेपछि २१ वटा बैंक र बीमा कम्पनीहरुले हतारमा आपसमा मर्जरको ‘नेगोसिएशन’ गरी पारम्भिक सम्झौता गरेका हुन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत जेठ २० गते वाणिज्य बैंकहरुको अध्यक्ष तथा संचालकहरुलाई बोलाएर कर छुटको समयावधी सम्झाउँदै राष्ट्र बैंकले दिइरहेको मर्जरको सहुलियत समेत आगामी मौद्रिक नीतिले कटौती गर्न संकेत गरेका थिए । उनले असार मसान्त अगावै सम्झौता गरी मर्जरको लाभ लिन बैंकका साहुहरुलाई सुझाएका थिए । बीमा समितिले पनि जेठ २३ गते … Continue reading कर छुटको लोभले महिना दिनमै २१ बैंक/बीमा कम्पनी मर्जरको बाटोमा, डिमर्जरकाे जोखिम बढ्दाे