Shikhar Insurance

‘मौद्रिक नीतिले अर्थतन्त्रलाई थप संकटमा धकेल्छ’

कमलेश अग्रवाल
२०७९ श्रावण ८, आईतवार २१:४०
NIMB
Nabil Bank

मौद्रिक नीतिले सरकारले लिएको आर्थिक वृद्धिद्धरको लक्ष्य हाँसिल गर्न मद्दत नपुगेको देखिन्छ । मौद्रिक नीति आउनुभन्दा पहिले नै संकुचनकारी र कठोर नीति ल्याउँदैछौं भनेर भनिएको थियो । अहिले मौद्रिक नीति संकुचित भएर आएको हो । सधैंनै यही कुरा सुनेका थियौं । हामी २ वर्षदेखि कोभिडबाट प्रभावित थियौं । पूनरउत्थान हुन बाँकी छ । धेरै सेक्टर पूनरउत्थान भैसकेको छ ।

ग्लोबल ईकोनोमीमा फरक भयो । यो आर्थिक वर्षको सुरुवातमा नै तरलताको चरम अभाव भयो । यो निजी क्षेत्र हतोत्साही भएको वर्षको रुपमा रह्यो । सरकारले विदेशी मुद्राको उचित व्यवस्थापन गर्न सकेन । त्यसको कारणले आयात निन्त्रण गर्नुपर्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

उच्च व्याजदर, नेपाली मुद्राको अवमूल्यनको अवस्था छ, गत जेष्ठ १५ गते बजेट आयो । त्यसमा ८ प्रतिशतको वृद्धिद्धर लक्ष्य राखियो । मौद्रिक नीतिमा आर्थिक वृद्धिद्धरको कुरा हुनुपर्दथ्यो । तर, त्यो देखिएन । बजेटमा प्रक्षेपित ८ प्रतिशतको जिडिपी ग्रोथ गर्नको लागि झण्डैझण्डै ७०० बिलियन नयाँ क्यापिटल ईन्जेक्शन हुनुपर्ने थियो । नयाँ कर्जा प्रवाह गर्ने वातावरण मौद्रिक नीतिमा हुनुपर्दथ्यो । जबकी अहिले आएको नीतिले त तरलतालाई झन संकुचन गर्ने स्थिति देखियो ।

तरलता व्यवस्थापनमा ब्याजदर अस्ति तीन महिना अघिमात्रै नेपाल राष्ट्र बैंकले चाुल आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा गर्दाखेरि बैंक व्याजदर ५ देखि ७ प्रतिशत गरेको थियो । अहिले आएर साँढे ८ प्रतिशत गरिदियो । यसले गर्दा उच्च व्याजदर हुने भयो । यस्तो व्यवस्थाले कसरी सरकारले राखेको आर्थिक वृद्धिद्धरको लक्ष्य पूरा हुन्छ ? यो आँफैमा ठूलो चूनौती छ ।

निजी क्षेत्रले जहिलेपनि लचिलो मौद्रिक नीतिको अपेक्षा गरेको थियो । मनी सर्कुलेशनको लक्ष्य १८ प्रतिशत थियो, यसलाई १२ प्रतिशत गरियो । यो नीतिले आर्थिक गतिविधिलाई विस्तार गर्ने अवस्था देखेका छैनौं । निजी क्षेत्रको कुरा गर्दा नेपालमा टोटल ईन्भेष्टमेन्टको ७२ प्रतिशत भन्दा बढि यो क्षेत्रको लगानी छ । निजी क्षेत्रको लगानीको नीतिगत सुरक्षणको व्यवस्था गर्नुपनि सरकारको दायित्व हुन्छ । यो त राष्ट्र बैंकको पनि दायित्व हुन्छ ।

यसपटक यसबारेमा यो नीतिले सकारात्मक रोल देखाएको छैन् । अब धेरै कुरा नीतिगत रुपमा स्पष्ट रुपमा आएको छैन् । कोभिड महामारीमा दिएको सुविधा पनि कटौती गरेको छ । अत्यावश्यक क्षेत्रलाई मात्रै दिने भनेको छ । कुन–कुन क्षेत्रले पाउने र कुन–कुन क्षेत्रले काट्ने भन्ने कुरा आएको छैन् ।

सेयर धितोको कुरा गर्दै गत वर्षको चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुँदा सेयर बजारको ईण्डेक्स २८ सय जति रहेको सुनाउँदै उनले अहिले झण्डै २ हजारको हाराहारीमा आएको छ । अहिले आएको नीतिले पनि शेयर मार्केटको पोजिटिभ ग्रोथ गर्छ भन्ने लाग्दैन् । एकातर्फ व्याजदर बढाईएको छ, अर्कोतर्फ कर्जा संकुचन प्रवाहलाई कडाई गरिएको छ । फेरि १२ को क्याप गरिएको छ । यसले साना लगानीकर्तालाई राहत देला ।

अहिले मुलुकको आर्थिक अवस्थाको कुरा गर्दा विषम परिस्थिति रहेको छ । विदेशी मुद्राको सञ्चिती घटेको छ । तर, त्यति नकारात्मक अवस्था भने छैन् । रेमिट्यान्स फ्लो बढेको छ । असारमा पनि बढेको जस्तो देखिन्छ । वनको बाघले त नेपालमा खाँदैन् । तर, मनको बाघले निजी क्षेत्रलाई खाने वातावरण तयार नगरिदिनुहोस भन्न चाहन्छु ।

(नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा व्यक्ति गरेको विचारको सम्पादित अंश)

GBIME

प्रतिक्रिया दिनुहोस्