Shikhar Insurance

एफवानसफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त, २४ वर्षको अनुभव

सिंहदरबार संवाददाता
२०७९ श्रावण १०, मंगलवार १९:१९
NIMB
Nabil Bank

काठमाडौं । एफवान सफ्ट गु्रपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । उनलाई एफवान गु्रपको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो । सोहम ढकाल यस अघि एक उद्यमीका रुपमा चर्चित व्यक्ति हुन् । उनीसंग २४ वर्ष भन्दा लामो समयदेखिको सफल उद्यमीको रुपमा अनुभव छ ।

ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर सुरु गरेका थिए । नेपाल फर्केपछि उनी एक सफल उद्यमी बन्न सफल भए । उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरेका थिए । उनी यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा समेत कार्यरत थिए । उनले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन् । एफवान सफ्टमा आवद्ध भएसँगै उहाँले कम्पनीलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सफट्वेयरको क्षेत्रमा ख्यातिकमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्