Shikhar Insurance

व्यवसाय ग्रोथमा एकल बीमा पोलिसीको साहरा, ४२ अर्ब नयाँ बिजनेशमा ९.५४% एकल बीमाको हिस्सा

मेट लाइफकाे सबैभन्दा बढी हुँदा कुन कम्पनीकाे कति ?
सिंहदरबार संवाददाता
२०७९ श्रावण ११, बुधबार १६:०५
NIMB
Nabil Bank

काठमाडौं । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ३९ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । सो अवधिमा कम्पनीहरुले ३८ अर्ब ३ करोड ७० लाख रुपैयाँ प्रथम बीमा शुल्क, ९ अर्ब ७० करोड रुपैयाँ नविकरण बीमा शुल्क र ४ अर्ब १ करोड २७ लाख रुपैयाँ एकल बीमा शुल्क संकलन गरेको बीमा समितिद्वारा प्राप्त तथ्यांकले देखाएको छ ।

गत आवमा जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कमा प्रथम बीमा शुल्कको २७.३४ प्रतिशत, नविकरण बीमा शुल्कको ६९.७७ प्रतिशत र एकल बीमा शुल्कको २.८९ प्रतिशत हिस्सा छ ।

Citizen Life
Kumar Bank
Nepal Life

जीवन बीमा कम्पनीहरुको व्यवसाय विस्तार भनेको प्रथम बीमा शुल्क संकलनमार्फत् हुने हो । कम्पनीहरुले एकल बीमा शुल्क संकलनलाई समेत प्रथम बीमा शुल्कमै गणना गरी बिजनेश ग्रोथ देखाउने गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्दा प्रथम बीमा शुल्कमै एकल बीमा शुल्कलाई पनि गणना गरे गत आवमा कम्पनीहरुले कुल ४२ अर्ब ४ करोड ३४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको देखिन्छ । जुन गत आवमा संकलित कुल बीमा शुल्कको ३०.२३ प्रतिशत हिस्सा हो । जसमा ९.९४ प्रतिशत एकल बीमा शुल्कको हिस्सा रहन्छ । प्राप्त तथ्यांकअनुसार जीवन कम्पनीहरुले नयाँ व्यवसाय विस्तारको टार्गेट पुरा गर्न एकल बीमा अस्त्रको रुपमा प्रयोग गर्ने प्रष्ट भएको हो ।

एकल बीमा पोलिसीलाई व्यवसाय विस्तारकाे टार्गेट पुरा गर्ने अस्त्र बनाउनेमा सबैभन्दा अघि मेट लाइफ इन्स्योरेन्स छ । कम्पनीले गत आवमा कुल ५ अर्ब २३ करोड १६ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा ३ अर्ब ७६ करोड २५ लाख रुपैयाँ नविकरण र १ अर्ब ४६ करोड ९० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । प्रथम बीमा शुल्कमा ३१.२७ प्रतिशत अर्थात् ४५ करोड ९३ लाख रुपैयाँ एकल बीमा शुल्कको हिस्सा रहेको छ ।

कुन कम्पनीको व्यवसाय विस्तारमा एकल बीमाको हिस्सा कति ?
सञ्चालनमा रहेका १९ बीमा कम्पनीहरुले गत आवको असार मसान्तसम्म ४२ अर्ब ४ करोड रुपैयाँ कुल प्रथम बीमा शुल्क संकलन गरेका छन् । जसमा ४ अर्ब १ करोड रुपैयाँ एकल बीमा शुल्कको हिस्सा हो । नयाँ व्यवसाय अर्थात प्रथम बीमा शुल्कमा सबैभन्दा बढी हिस्सा मेट लाइफ इन्स्योरेन्सको हुँदा सबैभन्दा थोरै सन नेपाल लाइफको छ । सो अवधिमा सबैभन्दा बढी एकल बीमा शुल्क भने नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको हो । कम्पनीको ७ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ कुल प्रथम बीमा शुल्कमा १२.८७ प्रतिशत ६५ करोड ७९ लाख रुपैयाँ एकल बीमा शुल्कको हिस्सा छ ।

मेट लाइफः कम्पनीले गत आवको असार मसान्तसम्म ४५ करोड ९३ लाख रुपैयाँ एकल बीमा शुल्क गरी १ अर्ब  ४६ कराेड ९० लाख रुपैयाँ प्रथम र ३ अर्ब ७६ करोड २५ लाख रुपैयाँ नविकरण गरी ५ अर्ब २३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कुल प्रथम बीमा शुल्कमा एकल बीमा शुल्कको ३१.२७ प्रतिशत हिस्सा छ ।

ज्योती लाइफः कम्पनीले गत आवको असार मसान्तसम्म ३५ करोड ४ लाख रुपैयाँ एकल बीमा शुल्क गरी १ अर्ब ८५ कराेड ८६ लाख रुपैयाँ प्रथम र १ अर्ब ९५ करोड १२ लाख रुपैयाँ नविकरण गरी ३ अर्ब ८० करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कुल प्रथम बीमा शुल्कमा एकल बीमा शुल्कको १८.८६ प्रतिशत हिस्सा छ ।

प्राइम लाइफः गत आवको असार मसान्तसम्म कम्पनीले ४ अर्ब ८७ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जसमा १ अर्ब ५४ करोड ४३ लाख रुपैयाँ प्रथम र ३ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको हो । कम्पनीको प्रथम बीमा शुल्कमा १७.४५ प्रतिशत अर्थात् २६ करोड ९२ लाख रुपैयाँ एकल बीमा शुलकको हिस्सा छ ।

सिटिजन्स लाइफः गत आवको असार मसान्तसम्म कम्पनीले ५ अर्ब ४० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जसमा २ अर्ब ७३ करोड ९३ लाख रुपैयाँ प्रथम र २ अर्ब ६६ करोड ८ लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको हो । कम्पनीको प्रथम बीमा शुल्कमा १४.४५ प्रतिशत अर्थात् ३९ करोड ५८ लाख रुपैयाँ एकल बीमा शुलकको हिस्सा छ ।

एशियन लाइफः गत आवको असार मसान्तसम्म कम्पनीले ७ अर्ब १७ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जसमा २ अर्ब ४३ करोड ५७ लाख रुपैयाँ प्रथम र ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको हो । कम्पनीको प्रथम बीमा शुल्कमा १२.०८ प्रतिशत अर्थात् २९ करोड ४२ लाख रुपैयाँ एकल बीमा शुल्कको हिस्सा छ ।

आइएमई लाइफः गत आवको असार मसान्तसम्म कम्पनीले ३ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जसमा १ अर्ब ५४ करोड ९४ लाख रुपैयाँ प्रथम र १ अर्ब ९९ करोड  ४ लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको हो । कम्पनीको प्रथम बीमा शुल्कमा १०.३७ प्रतिशत अर्थात् १६ करोड ७ लाख रुपैयाँ एकल बीमा शुल्कको हिस्सा छ ।

सुर्या लाइफः गत आवको असार मसान्तसम्म कम्पनीले ४ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जसमा १ अर्ब ९९ करोड १२ लाख रुपैयाँ प्रथम र ३ अर्ब ३० लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको हो । कम्पनीको प्रथम बीमा शुल्कमा १०.१२ प्रतिशत अर्थात् २० करोड १४ लाख रुपैयाँ एकल बीमा शुल्कको हिस्सा छ ।

सानिमा लाइफः गत आवको असार मसान्तसम्म कम्पनीले २ अर्ब २९ करोड २ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जसमा ९९ करोड ३४ लाख रुपैयाँ प्रथम र १ अर्ब २९ करोड ६८ लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको हो । कम्पनीको प्रथम बीमा शुल्कमा ९.९५ प्रतिशत अर्थात् ९ करोड ८८ लाख रुपैयाँ एकल बीमा शुल्कको हिस्सा छ ।

नेशनल लाइफः गत आवको असार मसान्तसम्म कम्पनीले १४ अर्ब १३ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जसमा ४ अर्ब ६८ करोड ३४ लाख रुपैयाँ प्रथम र ९ अर्ब ४४ करोड ७० लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको हो । कम्पनीको प्रथम बीमा शुल्कमा ९.२० प्रतिशत अर्थात् ४३ करोड १० लाख रुपैयाँ एकल बीमा शुल्कको हिस्सा छ ।

नेपाल लाइफः गत आवको असार मसान्तसम्म कम्पनीले ३५ अर्ब ३५ करोड २ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जसमा ७ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ प्रथम र २८ अर्ब १ करोड १० लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको हो । कम्पनीको प्रथम बीमा शुल्कमा ८.९६ प्रतिशत अर्थात् ६५ करोड ७९ लाख रुपैयाँ एकल बीमा शुल्कको हिस्सा छ ।

रिलायन्स लाइफः गत आवको असार मसान्तसम्म कम्पनीले ३ अर्ब १२ करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जसमा १ अर्ब ४१ करोड ८२ लाख रुपैयाँ प्रथम र १ अर्ब ७० करोड ९७ लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको हो । कम्पनीको प्रथम बीमा शुल्कमा ८.५५ प्रतिशत अर्थात् १२ करोड १२ लाख रुपैयाँ एकल बीमा शुल्कको हिस्सा छ ।

गुराँस लाइफः गत आवको असार मसान्तसम्म कम्पनीले ३ अर्ब ८ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जसमा ६४ करोड ८६ लाख रुपैयाँ प्रथम र २ अर्ब ४३ करोड १८ लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको हो । कम्पनीको प्रथम बीमा शुल्कमा ६.८८ प्रतिशत अर्थात् ४ करोड ४६ लाख रुपैयाँ एकल बीमा शुल्कको हिस्सा छ ।

युनियन लाइफः गत आवको असार मसान्तसम्म कम्पनीले ८ अर्ब ९ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जसमा २ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ प्रथम र ५ अर्ब ४० करोड ४० लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको हो । कम्पनीको प्रथम बीमा शुल्कमा ६.२५ प्रतिशत अर्थात् १६ करोड ८१ लाख रुपैयाँ एकल बीमा शुल्कको हिस्सा छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनः गत आवको असार मसान्तसम्म कम्पनीले १८ अर्ब २२ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जसमा ३ अर्ब ११ करोड ९१ लाख रुपैयाँ प्रथम र १५ अर्ब १० करोड ४१ लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको हो । कम्पनीको प्रथम बीमा शुल्कमा ४.९८ प्रतिशत अर्थात् १५ करोड ५२ लाख रुपैयाँ एकल बीमा शुल्कको हिस्सा छ ।

प्रभु लाइफः गत आवको असार मसान्तसम्म कम्पनीले २ अर्ब ३९ करोड ३७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जसमा १ अर्ब ४४ करोड ७८ लाख रुपैयाँ प्रथम र ९४ करोड ५८ लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको हो । कम्पनीको प्रथम बीमा शुल्कमा ४.१७ प्रतिशत अर्थात् ६ करोड ४ लाख रुपैयाँ एकल बीमा शुल्कको हिस्सा छ ।

महालक्ष्मी लाइफः गत आवको असार मसान्तसम्म कम्पनीले १ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जसमा ८६ करोड ८ लाख रुपैयाँ प्रथम र ७३ करोड ५५ लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको हो । कम्पनीको प्रथम बीमा शुल्कमा ४.१२ प्रतिशत अर्थात् ३ करोड ५५ लाख रुपैयाँ एकल बीमा शुल्कको हिस्सा छ ।

रिलायबल नेपाल लाइफः गत आवको असार मसान्तसम्म कम्पनीले ३ अर्ब ९४ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जसमा २ अर्ब ४० करोड २२ लाख रुपैयाँ प्रथम र १ अर्ब ५४ करोड ७२ लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको हो । कम्पनीको प्रथम बीमा शुल्कमा ३.१० प्रतिशत अर्थात् ७४ करोड ४० लाख रुपैयाँ एकल बीमा शुल्कको हिस्सा छ ।

सन नेपाल लाइफः गत आवको असार मसान्तसम्म कम्पनीले ३ अर्ब ३६ करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जसमा १ अर्ब ८९ करोड १९ लाख रुपैयाँ प्रथम र १ अर्ब ४६ करोड ९० लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको हो । कम्पनीको प्रथम बीमा शुल्कमा ३.१० प्रतिशत अर्थात् ७ करोड ४४ लाख रुपैयाँ एकल बीमा शुल्कको हिस्सा छ ।

(बीमा समितिद्वारा उपलब्ध तथ्यांकमा राष्ट्रिय बीमा संस्थानको एकल बीमा शुल्कको तथ्यांक भने समावेश गरिएको छैन ।)

GBIME

प्रतिक्रिया दिनुहोस्