Shikhar Insurance

पुर्वअर्थमन्त्री शर्मा निर्दोष प्रमाणित, यस्तो छ बजेट निर्माणको सीसीटीभी फुटेज क्लिपहरु…

सिंहदरबार संवाददाता
२०७९ श्रावण १३, शुक्रबार १७:२४
NIMB
Nabil Bank

पुर्वअर्थमन्त्री शर्मामाथिको छानबिन समितिको प्रतिवेदनले बजेट निर्माणको क्रमको सीसीटीभी फुजेटमा अनाधिकृत व्यक्तिको प्रवेश नभएको निष्कर्ष निकालेको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा जेठ १४ गतेको क्रममा अनाधिकृत व्यक्तिले प्रवेश गरेर करको दर हेरफेर गरेको विषय बाहिरिएपछि छानबिनको लागि संसदीय समिति गठन भएको थियो । उक्त समितिले छानबिन गरेर प्रतिवेदन बुझाएको छ । जसमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजमा अनाधिकृत व्यक्तिको प्रवेश नभएको प्रष्ट पारिएको छ ।

छानबिन शुरु भएको १७ दिन पछि बुझाइएको प्रतिवेदन अनुसार अर्थमन्त्रालयले जेठ १४ र १५ गते रातीको सीसीटिभी फुटेज डिलिट भएको बताएको थियो । तर छानबिन समितिले मन्त्रालयमा रहेको सीसीटीभी फुटेजको स्थलगत अनुगमन गरी एनभीआर मगाएर प्रहरीकाे साइबर ब्युरो र इन्जीनियरिङ अध्ययन संस्थाको समन्यवमा फरेन्सिक ल्याबबाट रिकोभर गरेको थियो । तर, रिकोभर भएको उक्त सीसीटीभी एनभीआरमा पनि स्टिल फुटेजहरुमात्र भएको प्रतिवेदनमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिले थप डाटा रिकोभर गरी जेठ १४ र १५ गतेको चलायमान फुटेज अध्ययन गर्दा क्लिपहरुमा अनाधिकृत व्यक्ति प्रवेश गरेको भन्न सकिने अवस्था नरहेको प्रतिवेदनमा बताइएको छ ।

मन्त्रालयको सीसीटीभी फुटेजमा जेठ १४ गते राती ५ जना सुरक्षाकर्मी सहित २ जना कमाण्डर करिब १०.३० बजे प्रवेश गरी भोलीपल्ट बिहान बाहिरिएको देखिएको प्रतिवेदनमा उल्लेख छ । उक्त समयमा अनाधिकृत व्यक्तिको प्रवेश नगरेको मन्त्रालयका सबै अधिकारीहरुले गरेको छानबिन समितिको प्रतिवेदनले उल्लेख गरेको छ ।
यस्तो छ जेठ १४ गते रातकिो सीसीटीभी फुजेट क्लिपहरुः

 

GBIME

प्रतिक्रिया दिनुहोस्