Shikhar Insurance

जनार्दन शर्मा र महाप्रसाद अधिकारीको पद साटासाट गरियोः रबि लामिछाने

सिंहदरबार संवाददाता
२०७९ श्रावण १४, शनिबार १९:५४
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले जनार्दन शर्मा र महाप्रसाद अधिकारीको पद साटासाट गरिएको आरोप लगाएका छन् । धनगढीमा आयोजीत पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस, माओवादी र एमालेले मिलेर जनार्दन शर्मालाई चोख्याईएको र त्यसको बदलामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पद पनि धमौती दिएको आरोप लगाएका हुन् ।

उनले देशमा प्रतिपक्षी दल नै नभएको आरोप समेत लगाए । एमालेले सीसीटिभी फुटेज काण्डमा सत्ता गठबन्धनलाई सहयोग गरे वापत आफ्ना कार्यकर्ता समेत रहेका गभर्नर महाप्रसाद उर्फ एम अधिकारीलाई जोगाएको बताएका हुन् । उनीहरु दुबैलाई कारवाही गरेर बर्खास्त गर्नुपर्ने धारणा पनि उनले राखेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्