Shikhar Insurance

भारतीय अर्थतन्त्रबारे आरबीआईका पूर्व गभर्नर रघुराम राजनले यसो भने

सिंहदरबार संवाददाता
२०७९ श्रावण १५, आईतवार ०८:१२
NIMB
Nabil Bank

काठमाडौं । रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)का पूर्व गभर्नर रघु राम राजनले भारतीय अर्थतन्त्रबारे टिप्पणी गरेका छन् । उनले भारतीय अर्थतन्त्र अहिले नै श्रीलंका वा पाकिस्तानको जस्तो अवस्थामा नपुग्ने दावी पनि गरे । रायपुरमा अखिल भारतीय पेशेबर काँग्रेसको पाँचौं सम्मेलनलाई सम्बोधन गर्दै उनले भारतीय अर्थतन्त्रमा पाकिस्तान वा श्रीलंकाको जस्तो अवस्था नरहेको र पर्याप्त विदेशी मुद्रा सञ्चिति हुनु र वैदेशिक ऋण समेत न्युन रहेकोले आत्तिनु नपर्ने बताएका हुन ।

आरबीआईको जिम्मेवारीपूर्ण भूमिकाले भारतमा विदेशी मुद्रा सञ्चिति राम्रो अवस्थामा रहेको भन्दै तारिफ समेत गरे । २२ जुलाईका दिनसम्म भारतीय ढुकुटीमा ५७१.७६ बिलियन डलर विदेशी मुद्रा सञ्चिति रहेको छ । सन २०२२ को मार्च अन्तिमसम्ममा भारतीय विदेशी ऋणको आँकडा ६२०.७ बिलियन डलर बराबर विदेशी ऋण रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले विश्वभर मुद्रास्फिति उच्च दरमा रहनु चिन्ताको बिषय भएको र आरबीआईले त्यसको नियन्त्रणका लागि ब्याज बढाउने निर्णय गरेर उचित कदम चालेको बताए । ‘आरबीआईले ब्याजदर बढाईरहेको छ, त्यसले मुद्रास्फिति घटाउन सहयोग गर्छ, संसारभर खाद्यान्न र इन्धनमा मूल्य वृद्धि भैरहेको छ, ब्याजदरकै सुत्रबाट संसारभर खाद्यान्नको मूल्य कम भैरहेको छ र भारतमा पनि मूल्य घट्नेछ’, आरबीआईका पूर्व गभर्नर राजनले भनेका छन् ।

उनले श्रीलंका र पाकिस्तान तर्फ संकेत गर्दै भारतको सुनौलो आर्थिक भविष्याका लागि उदारवादी लोकतन्त्र र लोकतान्त्रिक संस्थाहरुलाई बलियो बनाउँदै लैजानुपर्नेमा पनि जोड दिए । उनले अल्पसंख्यकहरुलाई दोश्रो दर्जाको नागरिक बनाउने प्रयासले देश विभाजन हुन सक्ने चेतावनी पनि दिए ।

राजनले भारतमा पनि केहि वर्गले देशको लोतकन्त्रलाई कमजोर बनाउने दुश्प्रयास गरेको बताउँदै त्यस्तो कामले मुलुकमा विभाजनको खतरासँगै विदेशी चलखेल समेत बढ्ने चेतावनी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्